मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

डा केसीप्रति सरकार निर्मम, अस्पतालभित्रै लाठीचार्ज, ४० समर्थक घाइते

डा केसीप्रति सरकार निर्मम, अस्पतालभित्रै लाठीचार्ज, ४० समर्थक घाइते


काठमाडौँ । डा गोविन्द केसीको समर्थनमा विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले अस्पतालभित्र प्रवेश गरेर लाठीचार्ज गरी घाइते बनाएको छ । 
 
आफू समर्थक विद्यार्थीलाई घाइते बनाएपछि डा केसीले काठमाडौं जान तयार भएको बताएका छन् । “अस्पतालमा नरसंहार नगर, म काठमाडौं जान तयार छु,” केसीको भनाइ उद्धृत गर्दै उनका समर्थकले भनेका छन् ।
 
डा केसीले गत असार १६ गतेदेखि जुम्लामा पुगेर १५औँ पटक अनसन सुरु गरेका थिए । २० दिनदेखि जुम्लामा अनशनमा बसेका डा केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर बिहान त्यसतर्फ प्रस्थान गरेको थियो । स्थानीय र विद्यार्थीले काठमाडौंबाट केसीलाई लिन गएकाहरुलाई अवरोध गरेको भन्दै प्रहरीले लाठीचार्ज गरेको थियो ।
 
लाठीचार्जबाट करिब ४० विद्यार्थी र केसीका समर्थकहरु घाइते भएका छन् । अस्पताल हाताभित्रै प्रहरीले गोलीसमेत चलाएको बताइएको छ । स्थानीयवासी, पत्रकार, केसी पक्षधरलाई प्रहरीले अभद्र व्यवहार गरेको थियो । डा केसीप्रति सरकारको निर्मम र संवदनहीन व्यवहारको अहिले सर्वत्र आलोचना भइरहेको छ । 
 
डा केसीको मागप्रति प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, विवेकशील साझा, राजपालगायतका राजनीतिक दलले समर्थन गर्दै विरोध जनाइरहेका छन् । नेपाल चिकित्सक संघले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलित बनेको छ । यस्तै, नागरिक समाज, विद्यार्थी एवम् सर्वसाधारणले ऐक्यबद्धता जनाएका छन् ।