मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा

अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा


तुलसीपुर । दाङ देउखुरी जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
 
अदालतका न्यायाधीश हेमन्त रावलले दिएको जानकारीअनुसार दर्ता भएका ती सम्बन्ध विच्छेदका मुद्दामध्ये ४९५ वटा मुद्दा फछ्यौट भएका छन् । अर्थात् ४९५ जोडी अलग भएका छन् । 
 
न्यायाधीश रावलले सम्बन्ध विच्छेद गर्नुको मुख्य कारण वैदेशिक रोजगारी, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्ररुपमा रहन चाहनु नै रहेको बताए । 
 
आव २०७३, ७४ मा पनि जिल्ला अदालत दाङ देउखुरीमा ५२७ जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएकामा ४१८ जोडीले सम्बन्ध विच्छेद गरेका थिए । 
 
त्यसैगरी जबर्जस्ती करणीका ५६ वटा मुद्दा दर्ता भएकामा २५ वटा मुद्दा फछ्यौट भएका छन् । 
 
लागुऔषधका अदालतमा परेका २८ वटा मुद्दामा १३ वटा, घरेलु हिंसामा तीन वटा मुद्दा दर्ता भएकामा एक वटा र मानव बेचबिखनका तीन वटा मुद्दा दर्ता भएकामा तीनवटै मुद्दा फछ्यौट भएको न्यायाधीश रावलले जानकारी दिए । 
 
दाङ देउखुरी जिल्ला अदालतले पत्रकार भेटघाटको आयोजना गरी अदालतले एक वर्षमा गरेको काम कारबाही सार्वजनिक गरेको हो । 
 
न्यायाधीश रावलले बितेको आवमा दुई हजार ३०५ वटा विभिन्न मुद्दा दर्ता भएकामा तीमध्ये एक हजार ४७१ वटा मुद्दा फछ्यौट भएको जानकारी दिए । 
रासस