मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डा केसीको जीवनरक्षाको माग

डा केसीको जीवनरक्षाको माग


काठमाडौँ- प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका नेता सञ्जय गौतमले अनशनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई आग्रह गरेका छन् । 
 
रिपोर्टर्स क्लबले मंगलबार आयोजना गरेको साक्षात्कारमा गौतमले स्वास्थ्य र शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रको सुधारका लागि सत्याग्रह गर्नुभएका केसीलाई कुनै दलसँग जोड्न नहुने बताए । उनले माथेमा प्रतिवेदनका आधारमा संसद्मा दर्ता गरिएको चिकित्सा शिक्षा विधेयकबारे आफ्नो पार्टीको प्रष्ट दृष्टिकोण रहेकाले उक्त प्रतिवेदन तयार पार्ने विज्ञको सुझावलाई काँग्रेसले सम्मान गर्ने बताए । 
 
पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले डा केसीका माग र चिकित्सा शिक्षा विधेयकलाई संसद्मा छलफलको क्रममा लैजानुपर्ने बताए । उनले शुरुमा उनको ज्यान बचाउनुपर्नेमा जोड दिए । काँग्रेसले संसद् अवरोध गरेर गल्ती गरेको उनको भनाइ थियो । केसीका केही माग सच्चाउन आवश्यक रहेको उनको भनाइ थियो । 
 
राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले अनशनरत डा केसीको जीवनरक्षाको माग गर्दै सरकारले सत्याग्रहलाई सम्मान गर्नुपर्ने बताए । केसीले उठाएका जायज माग पूरा हुनुपर्ने र केही मागबारे केसीलेसमेत विचार गर्नुपर्ने उनले बताए । रासस