मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एक वर्षमा २६ गैँडा मरे

एक वर्षमा २६ गैँडा मरे


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बुढो भएर ती गैँडा मरेका हुन् । 
 
गतवर्षको साउनमा आएको बाढीका कारण बगाएर र दलदलमा भासिएर चार वटा गैँडा मरेका थिए । त्यसैगरी बच्चा जन्माउन नसकेर तीन वटा गैँडा मरेको उनले बताए । 
 
विसं २०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करहरूले एउटा गैँडा मारेका थिए । त्यसयता तस्करले गैँडा मार्न भने सकेका छैनन् । 
 
अन्य कारणले वर्षेनी मर्ने गैँडाको संख्या भने बढ्दो रहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा २५ वटा गैँडा मरेकामा एउटा चैत २५ गते तस्करले मारेको र अन्य अरु कारणले मरेको सूचना अधिकारी अर्यालले बताए । 
 
आव २०७२÷७३ मा अन्य कारणबाट १५ वटा गैँडा मरेका थिए । तस्करले गैँडा मार्न नसके पनि अन्य कारणले मर्ने गैँडाको संख्या बढ्दै गएपछि मृत्युको कारण न्यून गर्न अनुसन्धान गर्न शुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।
 
विभागबाट पर्यावरणविद्सहितको टोलीले गैँडाको मृत्युका यस विषयमा अनुसन्धान गरिरहेको उल्लेख गर्दै उनले भने, “तस्करले गैँडा मार्न नसके पनि अरु कारणले गैँडा मर्ने क्रम बढेकाले यसको कारणको खोजी गर्न शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो गणनाअनुसार ६०५ वटा गैँडा छन् ।