मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

जुलाइ २८ मा ड्यालसमा ‘हङकङ पोखरा’ घन्किदै

जुलाइ २८ मा ड्यालसमा ‘हङकङ पोखरा’ घन्किदै


ड्यालस (अमेरिका) – दुइ दशक अघि नेपाली साङ्गीतिक क्षेत्रमा निकै चर्चा बटुलेको कन्दरा ब्याण्डले यही महिनाको अन्तिममा ड्यालसमा भव्य कन्सर्ट गर्ने भएको छ ।
 
जुलाइ २८ तारिक शनिबार ड्यालसमा पारिवारीक माहोलको भव्य कन्सर्ट गर्न लागिएको व्याण्डका गायक बिवेक श्रेष्ठले जानकारी दिए । 'कन्सर्ट भन्ने बित्तिकै युवापुस्ताका लागि मात्र हो भन्ने धारणालाइ बदलेर पारिवारिक माहोलको कन्सर्ट हामीले गर्दैछाैँ', बिवेकले हिमालयखबरसँग भने । 
 
अहिले कन्दरा व्याण्ड कन्सर्टको सिलसिलामा अमेरिकाका बिभिन्न शहरहरूमा कार्यक्रम गर्ने क्रममा रहेको छ । सोमबार लसएन्जलस र अाउँदो शनिबार अहायोमा कार्यक्रमको तयारी भैरहेको छ । २८ तारिक शनिबार भने ड्यालसमा हुँदैछ । 
 
कन्दरा युएसए टुर अन्तरगत कन्सर्टका लागि व्याण्डको सबै टीम अमेरिका अइसकेका छन् । 
 
दुइ दशक अघिदेखि सबैको मुखमा झुण्डिएको हङकङ पोखरा, तगारोमा रूमाल राखि, लेककी हे मायाँ, ‘विदेशिएर गइन् उनी मलाई छोडेर, चञ्चले कान्छीको लगायत धेरै लोकप्रिय गीतहरू छन् । 
 
गायक विवेक लगायत सात जनाको टीमले जुलाइ २८ शनिबार ड्यालसको नेपाली सांगीतिक माहोल पुरै तताउने योजना बनाएको छ । कार्यक्रमको व्यबस्थापन गर्ने जिम्मा स्थानीय सफल युवाहरूले लिएका कारण कार्यक्रम भव्य हुनेमा टीमका सदस्यहरू विश्वस्त छन् । 
 
व्यबस्थापनको जिम्मा डिजे मम, दीवस थापा, विकास उप्रेती, चिन्तामणि बराल लगायतले लिएका छन् ।