मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

डा केसीको माग हुबहु सम्बोधन हुँदैन : गुरुङ

डा केसीको माग हुबहु सम्बोधन हुँदैन : गुरुङ


नगरकोट । नेकपाका प्रमुख सचेतक देव गुरुङले डाक्टर गोविन्द केसीले उठाएका माग हुबहु सम्बोधन नहुने बताएका छन् ।
 
रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा गुरुङले केही मागहरु जायज भएता पनि मागबारे केसीले भनेजस्तो हुबहु सम्बोधन नहुने भन्दै यसलाई जनताको सर्वोच्च निकाय संसद्ले सम्बोधन गर्ने बताए । 
 
चिकित्सा विधेयकका बारे जुम्लामा अनशनरत डा केसीको स्वास्थ्योपचार सरकारले काठमाडौँ ल्याएर गर्न तत्पर रहेता पनि केसीले नै नमानेको र उनको स्वास्थ्यका विषयमा सरकार पनि गम्भीर रहेको गुरुङको भनाइ थियो ।
 
जनताले विरोध गर्ने अधिकार मौलिक हकमा रहेता पनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकारको विषय भएकाले निश्चित स्थान तोक्दैमा सरकारलाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएकोे उनले बताए । 
 
उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्वीकृतिबिना नै भएको देखिएको र विधिअनुरुप नभएकाले यस्तो अवस्था सृजना भएको बताए । 
 
पेट्रोलियम पदार्थमा नेपालको पहुँच नभएको कारण छिमेकी देशसँग आत्मनिर्भर हुनुपर्ने बाध्यता रहेकाले नेपालको बजारमा मूल्य वृद्धि नियन्त्रण गर्न कठिनाइ हुने गरेको उनले बताए । उनले सरकारले दक्षिणतर्फ मात्र नभएर उत्तरतर्फबाट समेत इन्धन खरिदको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । रासस