मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

पत्रकार सरोज दाहाललाई उपचारका लागि सहयोग गर्न अपिल

पत्रकार सरोज दाहाललाई उपचारका लागि सहयोग गर्न अपिल


हिमालयखवर संवाददाता
अमेरिका – गैर आवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया च्याप्टरले पत्रकार सरोज दाहाल अमेरिकामा आकस्मिक बिमारी परेकाले उनको उपचारका लागि सहयोगका लागि समुदायसँग आग्रह गरेको छ । 
 
एनआरएनए अमेरिका क्षेत्रमा तीन साता अघि आयोजित विज्ञ सम्मेलनमा भाग लिन आएका पत्रकार दाहाललाई सम्मेलन सकेर लसएञ्जल्समा हुँदा स्वास्थ्य समस्या देखिएपछि अस्पताल लगिएको थियो । उनलाई नशाको समस्या रहेको बताइएको छ । पत्रकार दाहालको अहिले त्यही उपचार भइरहेको छ । 
 
एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरले गो फण्ड मार्फत पत्रकार दाहालका लागि सहयोग मागेको हो ।  अमेरिका भ्रमणमा रहनु भका पत्रकार दाहाल धेरै दिनदेखि गम्भीर न्यूरो समस्याले क्यालिफोर्निको अस्पतालमा थलिनु भएको छ, दैनिक १२, १३ सय डलरको औषधी क्याप्सुलले उहाँको जीवन बाँचिरहेको छ त्यसैले उनको उपचारका लागि सहयोग गर्न आग्रह गरिएको च्याप्टरले जनाएको छ । 
 
पत्रकार दाहाल एनआरएन अभियानको समाचार क्षेत्रमा सकृय थिए । उनी एनआएन नागरिकता कमिटीका सदस्य पनि हुन् । पत्रकार दाहालको उपचारका लागि एनआरएनए महासचिव, एनआरएन अमेरिका क्षेत्र संयोजक गौरी जोशीले पनि आग्रह गरेका छन् ।