अर्भिङ (टेक्सस) – नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको आयोजनामा नेपालीमुलका बालबालिकाहरुका लागि आयोजित ८ दिने आध्यात्मिक शिविर आइतबार समापन भएको छ ।
चिन्तामणि योगीद्वारा सञ्चालित शिविरमा डिएफडब्लु एरियाका झण्डै एकसय नेपाली बालबालिकाहरुको सहभागिता थियो । समापन समारोहमा बालबालिकाहरुले आफ्नो कला प्रस्तुत समेत गरेका थिए ।
त्यस अवसरमा सहभागी बालबालिका, अभिभावक सञ्जय घिमिरेले शिविरका विषयमा समिक्षा गर्दै निरन्तरताको अपेक्षा गरे ।
कार्यक्रममा सहभागी बालबालिकाहलाई ट्रफी समेत वितरण गरिएको थियो । त्यस अवसरमा मुख्य प्रशिक्षक चिन्तामणि योगीले नैतिक र चरित्रवान हुन बालबालिकाहरुसँग आग्रह गरेका थिए ।
ड्यालसमा आयोजित यो शिविर सातौँ हो ।
प्रतिक्रिया