मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

स्व. हरिभक्तलाई यसरी सम्झिए ड्यालसका नेपालीले (भिडियो सहित)

स्व. हरिभक्तलाई यसरी सम्झिए ड्यालसका नेपालीले (भिडियो सहित)


ड्यालस (टेक्सस) – झण्डै ३८ वर्ष अघि निधन हुनुभएका कवि/गीतकार हरिभक्त कटुवालको स्मृतिमा आइतबार अमेरिकाको ड्यालसमा कार्यक्रम सम्पन्न भएको छ ।
 
बिक्रम सम्वत २०३० को दशकमा अतिनै चर्चित तथा क्रान्तिकारी छवी बनाएका कटुवालका रचना तथा गीत गाएर श्रष्टाहरुले सम्मान व्यक्त गरेका थिए । श्रष्टा साँझ तथा हिमालय खबरको संयुक्त आयोजना भएको कार्यक्रममा कटुवालद्वारा रचिएका कविताहरु स्थानीय बालिकाहरुले समेत वाचन गरेका थिए । त्यस्तै स्थानीय बालिका चाहना खरेलले कटुवालद्वारा रचयित गीत ‘डालीडाली फुल फुल्यो’ मा नृत्य प्रस्तुत गरेकी थिइन् । 
 
अनौपचारिक रुपमा सुरु भएको कार्यक्रममा बैकुण्ठ आचार्य, हरिबोल भण्डारी, कृतिमा लामिछाने, भगवती पौडेल, सुरेश पोखरेल, बाल जोशी, नेत्र आचार्य, लीला श्रेष्ठ, विजयराज भट्टराई लगायतले कविता वाचन गरेका थिए । स्थानीय ज्ञानेश्वर श्रेष्ठले हरिभक्त कटुवालद्वारा रचयित गीत गाएका थिए । 
 
कार्यक्रममा स्थानीय बालिकाहरु स्तुती बराल, आर्या घिमिरे र आकृति भट्टले पनि कटुवालद्वारा रचयित कविता वाचन गरेका थिए । 
 
कार्यक्रमको बारेमा श्रष्टा साँझका प्रभात दीक्षित र बेदनिधि दाहालले बताएका थिए । 
 
भारतको आसाम डिब्रुगढमा सन् सन् १९४३ जुलाई २ मा जन्मिएका हरिभक्त कटुवालका अधिकांश जीवन नेपालमा बितेको थियो । नेपाली भाषा, साहित्यका लागि कटुवालले ठूलो योगदान गरेका छन् । कटुवालद्वारा रचयित कालजयी गीतहरु अहिले पनि धेरैको मन मस्तिष्कमा छन् । 
 
जीवनको उत्तरार्धमा काठमाडौंबाट आसाम फर्किएका कटुवालको निधन सन् १९८० सेप्टेम्बर १० मा भएको थियो ।