मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इंग्याण्ड २८ बर्षपछि सेमिफाइलनमा

इंग्याण्ड २८ बर्षपछि सेमिफाइलनमा


हिमालयखवर संवाददाता-
स्विडेनलाई स्तव्ध पार्दै इंल्याण्ड २८ बर्ष पछि विश्व कप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकी समय अनुसार शनिवार विहान भएको खेलमा इंल्याण्डले २ का विरुद्ध शुन्यले विजयी हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । स्विडेन बलियो टिम भएपनि शनिवारको खेलमा इंल्याण्डकै दवदवा थियो । 
 
इंग्याण्डले कयौं पटक विपक्षी पोष्टमा प्रहार गरेको थियो । तर, ३० र ५८ मिनेटमा भएका हेड गोलले नै इंग्याण्डलाई सेमिफाइनलमा पर्याएको हो । यी हेड गोलले नै फुटवल खेलको जननी मानिने इंग्याण्डका समर्थकहरुले २८ बर्ष पछि सेमिफाइनलमा आफ्नो टिम पुगेको खुशीयाली मनाउन पाएका हुन् । 
 
यस अघि सन् १९९० मा इटलीमा भएको विश्वकपमा इंग्याण्ड विश्व कफ फुटवलको सेमिफाइनलमा प्रवेश गरेको थियो । समग्रमा शनिवारको गेममा इंल्याण्ड हाबी भएपनि स्विेडनले राम्रो प्रहार गरेको थियो । तर, इंल्याण्डका गोल्पिकरले स्विडेनका खतनाक प्रहारलाई पनि पोष्ट भित्र पस्न भने दिएनन । इंल्याण्डका गोलकिपरले कयौं प्रहार रोकिदिएकाले गर्दा स्विडेनको पराजय हुन पुग्यो । 
 
शनिवारको खेल आक्रमक र सुस्त दुवै थियो । अधिकांश समय इंग्याण्डका खेलाडीको खु्ट्टमै बल रह्यो । तुलनात्मक रुपमा आजको खेलमा कमै मात्र फल भए । स्विडेनले १० फल गर्यो भने इंग्याण्डले ७ मात्र । यो खेलमा स्विडेनका खेलाडीले २ र इंग्याण्डका ले १ गरी तीन पटक मात्र एलो कार्ड दिईयो । 
 
अव इंल्याण्डको प्रतिस्पर्धा खेल आयोजक रसिया र क्रोसिया मध्ये जसले जित्छ उसैसंग आउने वुधवार हुने छ । यो खेल केही छिनमै शुरु हुदैं छ । यस अघि फ्रान्स र बेल्जियम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।