मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

फेसबुकका संस्थापक मार्क विश्वकै तेस्रो धनी

फेसबुकका संस्थापक मार्क विश्वकै तेस्रो धनी


हिमालयखवर संवाददाता 
अमेरिका- फेसबुकका संस्थापक मार्क जुकरबर्ग अव विश्वकै तेस्रो धनी व्यक्ति भएका छन् । ब्लूमबर्ग विलियनर्स इंडेक्सका अनुसार मार्क अव ऐमाजनका संस्थापक जेफ बेजांस र माइक्रोसफ्टका बिल गेट्स भन्दा मात्र पछि छन् ।
 
शुक्रवार फेसबुकको शेयर मूल्यमा वृद्धि भएकाले ३४ वर्षका मार्क धनीहरूको तेस्रो स्थानमा आएका हुन् । उनले शेयर बजारका बादशाह मानिने बांरेन बफेटलाई पछि पारेका हुन् । 
 
शुक्रवार फेसबुकको शेयर मूल्य करिब साढे २ प्रतिशतले वृद्धि हुँदा मार्कको सम्पत्ति ८१ अर्ब ६० करोड अमेरिकी डलर भन्दा माथि पुगेको छ । फेसबुक प्रति लगानीकर्ताको विश्वास बढेकाले शेयर मूल्य माथि चढेको हो । बुधवार फेसबुकको शेयर मूल्य २०३ डलर भन्दा माथि चढेको छ । 
 
सामाजिक सञ्जाल फेसबुक विश्वभर चर्चित छ । फेसबुकले मार्कलाई पनि केही वर्ष भित्रै धनीको सुचीमा उच्च स्थानमा पारेको हो । मार्क नयाँ प्रविधिका कारण आफ्नै पौरखले धनी बनेका युवा हुन् ।  
 
फेसबुकको बढ्दो प्रयोगसँगै राजनीतिक र सामाजिक क्षेत्रमा प्रभावहरू देखिएका छन् । परम्परागत सञ्चारमाध्यमलाई फेसबुक लगायतका सञ्चारमाध्यमले चुनौती दिएका छन् । तस्बिर: सामाजिक संजाल