मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोमा भानु जयन्तिको अवसरमा साहित्यिक कवि गोष्ठी हुदै

कोलोराडोमा भानु जयन्तिको अवसरमा साहित्यिक कवि गोष्ठी हुदै


नातिबाबु भट्ट

जुलाई ५, २०१८
कोलोराडो, अमेरीका

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा २०५ औं भानु जयन्तिको अवसरमा साहित्यिक कवि गोष्ठी हुने भएको छ ।

नर्थग्लेन स्थित क्रसरोड चर्जमा आगामी जुलाई २१ तारिकका दिन दिउसो १.३० देखी ५ बजे सम्म भानु जयन्तिको अवसर पारेर साहित्यिक कार्यक्रम हुन लागेको हो ।

१८७१ असार २९ गते तनहुको रंघामा जन्मीएका भानुले नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृती, धर्म, दर्शन, चरित्र, मर्यादा, कर्तब्य र देशप्रेम जस्ता समग्र बिषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर उनले आदिकविको मान्यता पाएका हुन् । आधुनिक नेपाली भाषा साहित्यको आधार स्तम्भ आदी कवी भानुभक्त्त नेपालका राष्ट्रिय बिभुती समेत हुन् ।

उनै भानुभक्तको सम्मानमा कविता वाचन, गीत, नृत्य का साथै भानुभक्त सम्बन्धि लघु नाटक समेत मन्चन हुन लागेको छ । उक्त अवसरमा आना लेख, रचना लिएर सुन्न र सुनाउन जुलाई २१ तारिकका दिन संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी, बाल बालीका तथा सर्वसाधरण सबैलाई उपस्थितीको लागी अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले अनुरोध गरेका छन् ।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा कवि गोष्ठी हदै आएको छ ।