मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

हात गुमाएका बाल बलिकालाई निशुल्क नक्कली हात बितरण गर्न लङमन्ट हिमालयज लायन्स क्लबद्धारा आर्थिक सहयोग संकलन

हात गुमाएका बाल बलिकालाई निशुल्क नक्कली हात बितरण गर्न लङमन्ट हिमालयज लायन्स क्लबद्धारा आर्थिक सहयोग संकलन


कोलोराडो (अमेरीका)- बिभिन्न कारणबाट हात गुमाएका मातृभुमी नेपालका बाल बालिकाहरुलाई निशुल्क नक्कली हात बितरणकोलागी आर्थिक सहयोग संकलन गर्ने उद्धेश्यले कोलोराडोमा डिनर खाउं सहयोग गरौं कार्यक्रम हालै सम्पन्न भयो ।
 
ई–नेबल क्यानडा र ई–नेबल नेपालको सहयोगार्थ  कोलोराडोकोमा सकृय संस्था लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा सहयोग संकलन कार्यक्रम सम्पन्न भएको हो  ।
 
कार्यक्रममा अहिलेको एक्काइसौं सताब्दिमापनि नेपालमा अंग गुमाएका बाल बालिकाहरु ज्यादै कठिन संग बाच्न परेकाले त्यस्ता बाल बालिकाहरुलाई निशुल्क नक्कलीहात बितरणगर्न लागीएको क्यानडा निवासी ईन्जिनियर तथा ई–नेबल क्यानडाका कोर्डिनेटर ऋषी श्रेष्ठले  क्यानडाबाट लाइभ भिडियो मार्फत बताएका थिए  ।
 
 प्लाष्टीकको अत्याधुनिक, हल्का, देख्न राम्रो तथा सामान्य क्रियाकलाप समेत गर्न सहयोग पुग्ने नक्कली हात नाप गरेको २४ घण्टा भित्र उनिहरुलाई बितारण गर्न सकिने उनले बताए  । बच्चाको गुमेको अंग अवस्था हेरी नक्कली अंगले के के गर्न सक्छ भन्न सकिने बताउदै अहिले यो पहिलो चरणमा २६ जना बाल बालिकाहरुलाई बितरण गर्न आफुले हात बनाउने उपकरण थ्रीडी प्रिन्टर समेत लिएर नेपाल जानलागेको बताएका छन् । 
 
लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टमा अयोजित कार्यक्रमबाट १३ सय डलर संकलन भएको र यो, सुरुआतमात्र हो भन्दै लङमन्ट हिमालयज लायन्स क्लबका तत्कालिन अध्यक्ष प्रमोद श्रेष्ठले यस कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । हाम्रो सानो सहयोगले कसैको भविश्य उज्वल बनाउन सकिने यस्तो पुण्य कार्यमा दिल खोलेर सहयोगगर्न उनले सबैलाई आग्रह गरेका छन् । 
 
ई–नेवल क्यानडाका र ई–नेवल नेपालको संयूक्त आयोजनामा यहि जुलाई महिनामा काठमाण्डौमा उक्त नक्कलीहातहरु बनाएर बितरण गरिने बताईएको छ । कार्यक्रममा किड साईड चेयर एमडी ६ कोलोराडोका होली रुथर्फोड, डिष्टीक गर्भनर ६ सेन्ट्रलका रिक आरगोटसिंगर, लायन्स ६ नर्थ ईष्टका पाष्ट डिष्टीक गर्भनर केननोर गिल, फष्ट भाईस गर्भनर मिसेल मीकग्यालेन,  ग्वोवल मेम्बर चेयर पर्शन देवमेण्डल हल, जोन चियरपर्शन जोशन श्रेष्ठ, आयोजक संस्थाका पदाधिकारी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।