मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भरतपुर अस्पतालको दुर्गन्ध हट्ने

भरतपुर अस्पतालको दुर्गन्ध हट्ने


चितवन । भौतिक संरचना, उच्चस्तरका उपकरण, दक्ष जनशक्ति भएर पनि दुर्गन्धका कारण समस्या बनेको भरतपुर अस्पतालको दुर्गन्ध अब हट्ने भएको छ ।
 
सरकारी अस्पतालमध्ये नेपालकै नमूना अस्पताल बन्दै गएको यस अस्पतालको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको फोहोर र त्यसवाट हुने दुर्गन्ध नै हो । अस्पतालले ‘एन आर एन क्लिन’ नेपाल र खेम्स क्लिनिक सर्भिसेस प्रालिको सहकार्यमा सोमबार रातिबाट सफा गर्न थालेको र एक महिनाभित्रमा अस्पताल पूर्ण रूपमा सफा हुने जनाएको छ । 
 
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रवीन खड्काले तीव्र गतिमा स्तरोन्नति हुँदै गएको अस्पतालमा फोहर नै प्रमुख समस्या देखिएपछि आफू आएलगत्तै यसैलाई पहिलो प्राथमिकता दिएर काम थालेको बताए । 
 
उनका अनुसार अस्पताल सफा हुँदै गर्दा अस्पतालमा रहेका १५ सरसफाइका कर्मचारी पनि दक्ष बन्ने र उनीहरूले सरसफाइका अन्य कर्मचारीलाई नयाँ प्रविधिबारे सिकाउने छन् । अस्पतालमा हाल १२ सरकारी, ३० अस्पताल विकास समितिका र ८९ ठेकेदार कम्पनीका सरसफाइ कर्मचारी छन् । 
 
खेम्स क्लिनिकका प्रमुख सञ्चालन अधिकृत विराज अधिकारीले अत्याधुनिक प्रविधिबाट सरसफाइ गरेर अस्पताललाई एक महिनामा नमूना अस्पताल बनाइने बताउनुभयो । अस्पतालले १५ कर्मचारी र सरसफाइका लागि आवश्यक सामग्री पनि दिएको छ । 
 
सरसफाइका क्रममा अस्पतालको भूइँ, भित्ता, भ¥याङ, सिसा, शौचालय, सोफा, अन्य उपकरण, विद्युतीय सामग्री, पाइप लाइन, सबै सफा गरिने उनले जानकारी दिए । 
 
हाल पुरातन तरिकाबाट सरसफाइ भइरहेकामा अहिले नयाँ र अत्याधुनिक प्रविधि प्रयोग गरिएको र यसबाट अस्पतालको नियमित काममा कुनै प्रभाव नपर्ने गरी रातको समयमा सरसफाइ गरिएको छ ।
 
यसअघि अस्पतालका शौचालय, ढल, गल्ली, वाडमासमेत गन्ध आउने गरेको थियो । अधिकारीले एक महिनापछि अस्पताल छोड्दै गर्दा १५ जना कर्मचारीलाई विज्ञ बनाउने र दुर्गन्धरहित अस्पताल बनाउने बताए। अष्ट्रेलियाको कम्पनीसँग सहकार्य गरेको यस समूहले यसअघि वीर अस्पताल र अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइ गरिसकेको छ, भने अहिले पशुपतिनाथमा पनि सरसफाइ गर्दैछ । 
 
नेपाल सरकारको तीन सय र अस्पताल विकास समितिको तीन सय गरी छ सय श्यया सञ्चालन भएको यस अस्पतालमा दैनिक एक हजार ५०० को हाराहारीमा बिरामी बहिरंग सेवाका लागि आउने गर्दछन् ।