मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

म्याक्सिकोलाई दुई गोल चखाउँदै ब्राजिल क्वाटरफाइनलमा

म्याक्सिकोलाई दुई गोल चखाउँदै ब्राजिल क्वाटरफाइनलमा


एजेन्सी । पाँचपटकको विश्वकप विजेता ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
 
ब्राजिलको जितमा नेयमार र रोबेर्टो फिर्मिनोले गोल गरेका थिए । पहिलो हाफमा दुवैले गोलरहित बराबरी खेलेका थिए । सुरुवाती समयमा नै आक्रमक खेल खेलेको मेक्सिकोले गोल गर्न भने सकेन । 
 
पहिलो हाफमा गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा २ गोल गर्न सफल भयो । नेयमारले खेलको ५१औं मिनेटमा गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ८८औं मिनेटमा फिर्मिनोले गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाएका थिए । 
 
मेक्सिकोले गोल गर्ने राम्रो अवसर पाए पनि सदुपयोग गर्न भने सकेन । बाँकी समयमा गोल हुन नसकेपछि ब्राजिलले मेक्सिकोलाई २–० गोलले पराजित गरेको हो ।
 
मेक्सिकोलाई पराजित गरेसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ भने मेक्सिको विश्वकपबाट बाहिरिएको छ । अब ब्राजिल र बेल्जियमबीच शुक्रबार घमासान खेल हुँदैछ ।