मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रजिअ र एसपीलाई चितवन स्काउटको स्वागत

प्रजिअ र एसपीलाई चितवन स्काउटको स्वागत


चितवन । नेपाल स्काउट चितवनले भर्खरैमात्र चितवन सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी तथा चितवन प्रहरी प्रमुखको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । 
 
नेपाल स्काउटका जिल्ला आयुक्त तीर्थराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्काउट चितवनका सल्लाहकारसमेत रहेका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत तथा चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरको स्वागत गरिएको हो । 
 
पूर्व जिल्ला आयुक्त भवानीप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा प्रजिअ बस्नेतले चितवन स्काउटलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्लामा स्काउटको भूमिकामाथि प्रकाश पारेका थिए । 
 
प्राकृतिक विपत्तिका बेला चितवन स्काउटले उद्धार तथा राहतका कार्यक्रम गर्दै आएको छ । विपद् व्यवस्थापन तथा विपद्का लागि उद्धारको पूर्वतयारीजस्ता थुप्रै सहयोग तथा रचनात्मक कार्यक्रम गर्दै आएको छ ।