मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डलरको मूल्य बढ्यो

डलरको मूल्य बढ्यो


हिमालयखवर संवाददाता
अमेरिका- नेपाली रुपैंयासंग अमेरिकी डलरको मूल्य फेरी उच्च भएको छ ।  यसको मतलब हो शुक्रवार नेपालका वाणिज्य बैंकले तय गरेको विनियम दरका आधार एक डलर साट्दा १०९ रुपैयाँ ७७ पैसा पाइने भको छ । तर, नेपाली रुपैयाँ तिरेर डलर किन्दा भने ११० रुपैयाँ ३७ पैसा तिर्नु पर्ने छ । दुई वर्ष यताकै यो सबैभन्दा बढी हो । 
 
डलरको मूल्य बढ्दा डलरमा आम्दानी गरी नेपाल पठाउनेलाई फाइदा हुन्छ । तर, नेपालले किन्ने समान देखि नेपालबाट डलर लिएर विदेश यात्रा गर्नेलाई भने महँगो पर्छ । नेपालबाट रुपैयाँ अमेरिका ल्याउनेलाई पनि अहिले नोक्सान पर्छ । यो नेपालबाट पैसा ल्याउने भन्दा उता पठाउने र नेपालको शेयर बजारमा पैसा लगाउने उपयुक्त समय हो ।
 
किन बढ्यो डलर
नेपाली रुपैंयासंग अमेरिकी डलरको मूल्य बढ्ने घट्नेसँग नेपालको अर्थतन्त्रको कुनै प्रभाव छैन । अर्थमन्त्री डा युवराज खतिवडा जतिनै समक्ष भए पनि उनले यसलाई रोक्न सक्दैनन् न राष्ट्र बैंकले नै यो दबाब थाम्न सक्छ । भारतीय रुपैयाँ र डलरको मूल्य जनु हुन्छ त्यही नेपाली रुपैंयाको हकमा पनि लागु हुन्छ । किन ? यसको एक मात्र कारण भारु १०० साट्दा १६० रुपैयाँ गराइएकाले हो । करिब ३५ वर्ष भयो भारु र नेरुको यही मूल्य कायम छ । भारु र नेरुको किनबेचमा रोकतोक छैन ।  ठुलो अर्थतन्त्रको पैसासँग यसरी स्थिर विनिमय दर बनाइएकाले भारुमा जे हुन्छ नेरु पनि त्यही रूपमा घटवढ हुने गरेको हो । यो अवस्थामा यदि नेरु र भारु र डलरको मूल्य फरक फरक हुने हो भने पैसाको अवैध कारोबार बढ्छ । यो नेपालको अर्थतन्त्रले थेग्न सक्दैन । 
 
भारतमा अहिले डलरको माग उच्च भएको छ । तर, त्यस अनुसार त्यहाँ डलर आउन नसकेकाले भारु कमजोर भएको हो । भारत  ठुलो मात्रामा विदेशी समानमा निर्भर छ । निकासी भन्दा कयौँ गुणा बढी आयात गर्छ । यस आयात मध्ये तेलको आयात निकै बढी छ । अन्तराष्ट्रिय बजारमा तेलको आयात बढ्नु, अमेरिकाले ब्याजदर वढानु जस्ता कारणले भारतमा डलरको माग बढेको हो । अर्को तर्फ भारतमा हुँदै आएको विदेशी लगानी पनि घटेको छ । कयौँ संस्थागत लगानीकर्ताले पैसा फिर्ता लगेका छन् । यसले डलरलाई असर पारेको हो ।
 
डलरको मूल्य घट्ला ? 
डलरको मूल्य जहिले पनि घटवढ भईरहन्छ । तर, भविष्यमा डलरको मूल्य घटिहाल्ने अवस्था भने देखिदैंन । अहिले पनि भारु र डलर बिचको विनिमय दरमा भारुको मूल्य बढी भएको अध्ययनहरूले देखाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार रियल इफेक्टिव एक्सचेंज रेटका आधारमा भारुको डलरसँग अझै करिब १५ प्रतिशतले अधिक मूल्य छ । यसले पनि भविष्यमा नेपाली रुपैयाँ अझ कमजोर हुन सम्भावना छ ।
 
फाइदा वेफाइदा
डलरको मूल्य बढ्दा फाइदा वेफाइदा दुवै छन् । डलर बढ्दा नेपालले किन्ने विदेशी समानको मूल्य बढ्छ । नेपालले किन्ने तेल देखि जुत्ता चप्पलसम्म मूल्य बढ्छ । नेपालीलाई विदेश भ्रमणमा जाँदा जहाज टिकट देखि अन्य खर्च बढ्छ । एक डलर किन्न ११० भन्दा बढी खर्च गर्नु पर्ने भएकाले यस्तो भएको हो । नेपालले तिर्ने विदेशी ऋणको सावा व्याज भुक्तानी महँगो पर्छ । 
 
उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ देखि सबै आयातित समानको मूल्य बढ्ने हुँदा नेपालमा विकास निमार्णका परियोजनाको लागत पनि डलरको मूल्य वृद्धिले महँगो बनाउँछ । 
 
तर, फाइदा विदेशमा डलर कमाएर नेपाल पठाउनेलाई हुन्छ । केही साता अघि एक हजार डलर नेपाल पठाउँदा करिब १ लाख २  हजार रुपैयाँ आउँथ्यो अहिले त्यति नै डलर नेपाल पठाउने हो भने ७ हजार बढी १ लाख ९ हजार रुपैयाँ आउँछ । यो भने फाइदा हो । डलर बढेकाले नेपालमा पैसा पठाउने क्रम पनि बढ्छ । यसले नेपालले प्राप्त गर्ने रेमिट्यान्स पनि बढाउँछ । राष्ट्र बैङ्कलाई वित्तीय तथ्याङ्क राम्रो देखाउन यसले सहयोग हुने छ । नेपाल जाने पैसा बढ्दा वाणिज्य बैंकको बचत पनि बढ्छ । पैसा बढ्दा अहिलेको उच्च ब्याजदर घट्न सक्छ ।
 
विदेशमा बस्नेका लागि अवसर 
अहिले नेपालको शेयर बजार घटेको छ । डलरको मूल्य वढ्ेको छ । त्यसले यो नेपालको शेयर बजारमा लगानी गर्ने राम्रो अवसर हुन सक्छ । अमेरिकामा केही बचत छ, भने नेपालको शेयर बजारमा लगानी गर्ने यो उपयुक्त समय हो । दुई तर्फबाट फायदा लिन सकिन्छ ।  डलरको मूल्य वृद्धिको फाइदा र शेयर बजार घटेको वेला किन्दाको फाइदा । तर, शेयर बजारमा लगानी गर्दा सचेत भने हुनै पर्छ ।