मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

धादिङको केन्द्रबिन्दु भएर ४.७ रेक्टरको भूकम्प गयो

धादिङको केन्द्रबिन्दु भएर ४.७ रेक्टरको भूकम्प गयो


धादिङ । धादिङको केन्द्रबिन्दु भएर आज बिहीबार बिहान ४.७ रेक्टरको भूकम्प गएको छ ।
 
बिहान ९ बजेर ५२ मिनेटमा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर तथा सलाङबाट ३ किलोमिटर उत्तरपश्चिम केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।
 
भूकम्पको धक्का चितवन, काठमाडौं उपत्यकासहित धादिङका अन्य छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो । चितवनको पूर्वी क्षेत्रमा बढी भूकम्पको धक्का महसुस गरिएको थियो ।
 
भूकम्पको क्षतिको विवरण भने प्राप्त भएको छैन ।