मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा चार जनाको मृत्यु

बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा चार जनाको मृत्यु


दमौली । पृथ्वी राजमार्गको मुग्लिन–डुम्रे सडकखण्डमा पर्ने तनहुँको आँवुखैरेनी गाउँपालिका–१ बरादीमा बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ । 
 
पछिल्लोपटक मृत्यु हुनेमा पर्वत कुस्माकी तीन वर्षीय ममता लामिछाने, सोही ठाउँका ३५ वर्षीय कमल लामिछाने, आँबुखैरेनी ४ बस्ने नुनबहादुर खवास र सोही ठाउँ बस्ने २६ वर्षीय मोटरसाइकल चालक दिलबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 
 
ममता र कमलको गण्डकी अस्पताल, नुनबहादुरको मणिपाल शिक्षण अस्पतालर मगरको मा दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा परी घाइते हुने पाँच जनाको दमौली र पोखराका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 
आँवुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१ख ३०७३ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको वा१७च १८१४ नंको कार र ग५प १९४४ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो । 
 
बसले कारलाई ठक्कर दिई साइड लागेपछि फेरि मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालक आँवुखैरेनी–२ का सुकबहादुर गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आँवुखैरेनीका प्रहरी निरीक्षक सन्तोष रोकाले बताए । रासस