मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

कोस्टारिकामाथि ब्राजिलको सनसनीपूर्ण रोमाञ्चक जित, भावुक भएर रोए नेयमार

कोस्टारिकामाथि ब्राजिलको सनसनीपूर्ण रोमाञ्चक जित, भावुक भएर रोए नेयमार


एजेन्सी । रसियामा जारी विश्वकप फुटबलको समूह ‘ई’ को खेलमा ब्राजिलले कठिन र रोमाञ्चक जित हासिल गरेर समर्थकलाई खुसी पारेको छ । 
 
सुरुवाती समयदेखि नै बल नियन्त्रणमा लिएको ब्राजिलले दर्जनौँ अवसरलाई गोलमा परिणत गर्न चुकेको थियो । पूरा खेल सकिन लाग्दासमेत दुवै टीमले गोल गनृ नसक्दा ब्राजिलका करोडौँ समर्थक बेचैन बनेका थिए । तर, हिरोको खेल अन्तिममा हुन्छ भनेझैँ ब्राजिलले कोस्टारिकाविरुद्ध २–० गोलको कठिन जित हात पारेको छ ।
 
ब्राजिलले दुवै गोल थप गरिएको समयमा गरेको थियो । ब्राजिलको जितमा नेयमारले खेल सकिन केही सेकेन्ड बाँकी रहँदा गोल गरे । त्यस्तै, ब्राजिलका लागि फिलिपे कौन्टिन्होले अन्तिम समयमा गोल गरेका थिए । उनले थप गरिएको अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई जित दिलाएका हुन् । ब्राजिलले सुरुवाती समयदेखि नै बल नियन्त्रणमा लिएको थियो ।
 
एकपछि अर्को प्रहार गरेको ब्राजिलले राम्रो अवसर पाए पनि थप गोल गर्न सकेन । कोष्टारिकाका गोलकिपर केयलोर नभासले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफको मध्य समयतिर नेयमारले वान भर्सेस वानमा गोल गर्ने अवसर पाएका थिए । तर, उनी बारम्बार चुकेका थिए ।
 
ब्राजिलका फरवार्ड नेयमारले ४ पटक कोष्टारिकाको पोष्ट नजिकैबाट फ्रि किक प्रहार गरेका थिए । तर, उनको फ्रि किक सशक्त हुन सकेन । पहिलो हाफसम्म दुवै टिमले बराबरी खेल खेलेका थिए ।
 
खेलको ५० औं मिनेटमा ब्राजिलले गोल गर्ने सुन्दर मौका खेर फालेको थियो । खेलको ५६औं मिनेटमा नेयमारले प्रहार गरेको बल कोष्टारिकाका गोलकिपरले उत्कृष्ट बताउ गरेका थिए । खेलको ५८ औं मिनेटमा कोष्टारिकाका गोलकिपरले पुनः एकपटक राम्रो बचाउ गरेका थिए ।
 
पटकपटकको पोष्ट चार्ज असफल भए पनि अन्तिममा नेयमारले समर्थक र आफ्नो टीमलाई निरास पारेनन् । २ गोलले विजयी भएपश्चात् नेयमार भावुक भएर निकैबेर रोएका थिए । 
 
यो जितसँगै ब्राजिलले महत्वपूर्ण ३ अंक बटुलेको छ । ब्राजिलको २ खेलमा १ खेलमा जित र १ खेलमा बराबरी खेल्दै ४ अंक भएको छ । पराजित कोष्टारिका भने समूह चरणबाटै बाहिरिने खतरा बढेर गएको छ ।