मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महावाणिज्यदूत थापाको चेपाङ छात्रावास बनाउने प्रतिबद्धता

महावाणिज्यदूत थापाको चेपाङ छात्रावास बनाउने प्रतिबद्धता


चितवन । जर्मनीका लागि नेपाली महावाणिज्यदूत एवम् समाजसेवी रामप्रताप थापाले गामबेँसीको चेपाङ संरक्षण केन्द्रका लागि महिला छात्रावास निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन् । केन्द्रमा कुल १३२ विद्यार्थीमध्ये ५० जना छात्रा छन् ।
 
सामाजिक कार्यमा लागिपर्दै आएका महावाणिज्यदूत थापाले केन्द्र परिसरमै शौचालय र बाथरूमसहितको सुविधासम्पन्न दुईतले छात्रावासको सम्पूर्ण लागत खर्च बेहोर्ने जनाएका हुन् । साथै, उनले केन्द्रमा आश्रित बालबालिकाका लागि छ महिनाका निम्ति खाद्यान्न सहयोग गर्ने वचनसमेत दिएका छन् ।
 
बिहीबार केन्द्रमा आयोजित कार्यक्रममा उनले परिस्थितिका कारणले पढ्नबाट वञ्चित रहेका चेपाङ बालबालिकालाई पढाउने संकल्पका साथ संरक्षणको अभिभारा निर्वाह गरेका अभियन्ता केपी किरण शर्मालाई धन्यवाद दिए । उनले उक्त छात्रावासको निर्माण कार्य तत्कालै सुरू गर्न आग्रह गरे ।
 
कार्यक्रममा एनआरएनका कोषाध्यक्ष सोम सापकोटा, प्रकृति संरक्षण कोष सौराहाका प्रशासकीय अधिकृत रामकुमार अर्याल, प्राविधिक आनन्दराम थापालगायतले केन्द्रका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । केन्द्रका अध्यक्ष शर्माले छात्रावास निर्माणको काम एक साताभित्रै सुरू गर्ने जनाएका छन् ।