मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

कठिन संघर्षबीच पोर्चुगलले हरायो मोरक्कोलाई

कठिन संघर्षबीच पोर्चुगलले हरायो मोरक्कोलाई


एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’ को रोमाञ्चक फुटबल खेलमा पोर्चुगलले जित हासिल गरेको छ । पोर्चुगलले मोरक्कोलाई १–० गोलले पराजित गरेको छ । खेलको चौथो मिनेटमा नै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । उनले कर्नरबाट आएको बललाई हेड गरेर गोलमा परिणत गरेका थिए ।
 
सुरुवाती समयमा नै अग्रता बनाएको पोर्चुगलले त्यसपछिको समयमा भने राम्रो प्रदर्शन गर्न सकेन । १–० गोलको अग्रता बनाए पनि पोर्चुगल पहिलो हाफसम्म दबाबमा खेलेको थियो । मोरक्कोले गोल गर्ने केही राम्रो अवसर पाए पनि खेलमा सोचेजस्तो सदुपयोग गर्न सकेन ।
 
पहिलो हाफको अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोले दिएको बल गोन्कालो गुइडेसले गोल गर्ने अवसर पाए पनि गोल गर्न भने सकेनन् । उनले प्रहार गरेको बल मोरक्कोका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए ।
 
दोस्रो हाफमा पनि मोरक्कोले पूरैजसो बल नियन्त्रणमा लिएको थियो । पटक–पटक प्रयास गर्दा पनि मोरक्कोले गोल गर्न भने सकेन । खेलको ५६ औं मिनेटमा मोरक्कोका खेलाडीले उत्कृष्ट २ सर्ट प्रहार गरेका थिए । तर, पोर्चुगलका गोलकिपरले उत्कृष्ट बचाउ गरेपछि मोरक्कोले बराबरी गोल गर्ने रणनीति असफल बन्न पुग्यो । 
 
जितसँगै पोर्चुगलले महत्वपूर्ण ३ अंक बटुलेको छ । पोर्चुगलको २ खेलबाट एक खेलमा बराबरी र एक खेलमा जितसहित ४ अंक जोड्न सफल भएको छ । पराजित मोरक्को भने समूह चरणबाटै बाहिरिने पक्कापक्कीजस्तै भएको छ ।
 
पोर्चुगलको स्पनसँगको पहिलो प्रदर्शनी सनसनी रहे पनि मोरक्कोसँगको खेल पूर्ण दबाबमा खेल्नुपरेको थियो । मोरक्ककोका खेलाडीले उत्कृष्ट प्रदर्शनी गरे पनि गोल गर्न भने सकेनन् । कप्तान क्रिस्टियानो रोनाल्डोले सुरुवाती चरणमा गोल नगरेको भए यस खेल पनि बरारीमा टुंगिने पक्का थियो । तस्बिर : एएफपी