मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

जापानद्वारा कोलम्बिया २–१ गोल अन्तरले पराजित, सान्चेजले पाए रातोकार्ड

जापानद्वारा कोलम्बिया २–१ गोल अन्तरले पराजित, सान्चेजले पाए रातोकार्ड


एजेन्सी । कोलम्बियाको दश सदस्यीय टोलीलाई पराजित गर्दै विश्वकप फुटबल प्रतियोगितामा जापानले पहिलो जित हात पारेको छ । 
 
कोलम्बियाका खेलाडी कार्लोस सान्चेजले रातो कार्ड पाएपछि दशमा सीमित भएको कोलम्बीयाली टोलीसँग जापान २–१ गोल अन्तरले विजयी भएको हो ।
 
कोलम्बियाका मिडिफिल्डर सान्चेजले जापानविरुद्धको खेलको तेस्रो मिनेटमा नै रेड कार्ड पाएका हुन् । उनले पाएको यो रातोकार्ड २१औँ संस्करणको विश्वकपमा प्रयोग भएको पहिलो रातो कार्ड हो । 
 
सान्चेजले डिबक्सभित्र ह्यान्ड गरेपछि उनी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए भने जापानले पेनाल्टी पायो । त्यही पेनाल्टीलाई शिन्जी कागावाले गोलमा परिणत गर्दै जापानलाई अग्रता दिलाए । 
 
खेलको ३९औँ मिनेटमा कोलम्बियाले पाएको फ्रिकिकलाई जुवान क्वीन्टेरोले गोलमा परिणत गर्दै खेल बराबरीमा पु¥याए । त्यसपछि दबाबमा परेको जापान पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएको थियो । ७३औँ मिनेटमा जापानले फेरी अग्रता लियो । युया ओशाकेले काइसुके होन्डाको कर्नरलाई गोलमा परिणत गरेका थिए । 
 
पछिल्लोपटक सन् २०१४ को विश्वकपको समूह चरणमा कोलम्बियाले जापानलाई ४–१ ले हराएको थियो । रुस विश्वकपको खेलबाट जापानले अघिल्लो विश्वकपमा कोलम्बियासँग भोगेको हारको बदलासमेत लिएको छ । (फोटो : एएफपी)