मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जन्मदिनको अवसर पारेर चेपाङ संरक्षण केन्द्रलाई आर्थिक सहयोग

जन्मदिनको अवसर पारेर चेपाङ संरक्षण केन्द्रलाई आर्थिक सहयोग


चितवन । जापानमा रहेर परोपकारी कार्यमा लागिपरेका चितवन रत्ननगरका दीपक नेपालको सक्रियतामा गामबेँसीको चेपाङ संरक्षण केन्द्रका लागि बुधबार सहयोग रकम हस्तान्तरण गरिएको छ । 
 
जापानमा रहेका दीपकको जन्मदिनको अवसरमा उनकी आमा टीकाकुमारी नेपालले केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई ९२ हजार ४४० रुपैयाँ हस्तान्तरण गरेकी हुन् । 
 
सो रकम दीपकको सक्रियतामा जापानमा प्रदर्शनी गरिएको चलचित्र कोहलपुर एक्सप्रेसको टिकट बिक्रीबाट संकलित रकम चेपाङ बालबालिकाको हितमा खर्च गर्ने गरी हस्तान्तरण गरिएको आमा टीकाकुमारीले बताइन् । 
 
परोपकारी मन भएका दीपकले चेपाङ केन्द्रको स्थापनाकालमा आवास निर्माणका लागि २ लाख ५५ हजार रुपैयाँ जापानमा संकलित गरी पठाएको केन्द्रका अध्यक्ष शर्माले स्मरण गरे । दीपकले चरणवद्ध रुपमा सहयोग गर्दै आएको उनले बताए । 
 
केन्द्रमा १२५ जना चेपाङ बालबालिका आवासीय सुविधाका साथ अध्ययन गरिरहेका छन् । 
 
यसैबीच, दीपक नेपालको जन्मदिनको अवसर पारेर खैरहनी माविको छात्रवृत्ति अक्षयकोषका लागि आमा टीकाकुमारीले १ हजार २२५ रुपैयाँ अभियानका अध्यक्ष मुरलीप्रसाद गजुरेललाई हस्तान्तरण गरिन् ।
 
जन्मदिन तथा शुभकार्य र पुण्यस्मृतिका अवसरमा संकलन गरिएको अक्षयकोषमा हालसम्म ८० लाख रुपैयाँ संकलन भएको अध्यक्ष गजुरेलले बताए । 
 
यही वर्षभित्र अक्षयकोषको रकम वृद्धि गरी एक करोड रुपैयाँ पु¥याउने अभियानमा आफू लागिपरेको उनले बताए ।