मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पार्टी व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

पार्टी व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल


भरतपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा उनले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने बताए ।
 
पार्टी विधानअनुरुप चल्नुपर्ने भन्दै नेता पौडेलले पार्टीलाई स्वच्छ, पारदर्शी ढङ्गले चलाउन र आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिए । पार्टी व्यवस्थापनभन्दा पनि अहिले जेनतेन चलिरहेको बताउँदै उनले अब कसरी चल्छ हेर्दै जाने उल्लेख गरे ।
 
मंगलबारदेखि हेटौँडामा हुने जिल्ला सभापतिहरुको भेलामा उनहरूको विचारलाई समेटेर पार्टीलाई अघि बढाउन सहज हुने नेता पौडेलले बताए । सभापतिहरुले प्रदेशहरुमा छलफल गरी पार्टीको विधान, संगठन, निर्वाचनको मूल्याङ्कन गर्दै आ–आफ्ना धारणा राख्ने र यसले पार्टीलाई भविश्यमा कसरी सुदृढ बनाउने भन्ने विषयमा सहयोग पुग्ने उनको भनाइ थियो ।
 
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको नेतृत्वले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न नसकेको प्रमाणित गराएको बताए । उनले भने, “पार्टीलाई सुधार्नु प¥यो, संस्थागतरुपमा चलाउनुप¥यो, नियमसंगतरुपमा पार्टी अगाडि बढ्नुप¥यो ।” कार्यकर्ताको भावनाअनुसार पार्टी नचलेको भन्दै उनले अब पार्टीलाई संस्थागतरुपमा चलाउनुपर्नेमा जोड दिए । नेतृत्वको कमजोरीका कारण पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको उनको भनाइ थियो ।
 
यसैबीच, नेता सिंहले पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्र्टीिभत्रको गुट उपगुट अन्त्य हुने बताए । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको प्रदेश नं ३ को प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले पार्टीको वास्तविकतालाई आधार मानेर कमीकमजोरी सुधार्नुपर्ने आवश्यकता औँल्याए ।
 
प्रजातन्त्रिक पद्धति पार्टीभित्रबाट थाल्नुपर्नेमा जोड दिँदै उनले भने, ‘यो अवस्थामा पार्टी चल्दैन, अब विधिसम्मत पार्टी चल्नुपर्छ, गाउँदेखि केन्द्रसम्म सबै मिलेर लाग्नुपर्छ । पार्टी कमजोर हुन्छ भनेर नबोली बस्नु नै काँग्रेसका नेताहरुको कमजोरी हो ।’
 
वर्तमान सरकारले गरेका कमीकमजोरीलाई जनतामाझ ल्याउन संसद्मा विपक्षीको सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।
 
उक्त संघका केन्द्रीय अध्यक्ष जगतप्रसाद तिमिल्सिना, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, संघका केन्द्रीय महासचिव राजेन्द्रप्रसाद गौतम, प्रदेश उपाध्यक्ष विष्णु गौतम, प्रदेश नं ५ का संयोजक मदन कट्टेल, प्राडा तेजबहादुर केसीलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । भेलाले प्रदेश समितिको गठन गर्नेछ ।