मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणगढ–मुग्लिन सडकखण्डको पुलमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डको पुलमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु


चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तरर्गत इच्छाकामना गाउँपालिका–५ स्थित २ नं पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार बिहान करीब ७ बजेको समयमा भएको सो दुर्घटना परी मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो । उनीहरुको सनाखत भएको छैन । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा६५प ३७०४ नंको मोटरसाईकल आफैँ अनियन्त्रित भई पुलको रेलिङमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
 
दुर्घटनामा मोटरसाइकल पुलमै अड्किएको र मोटरसाइलमा सवार दुई जना उछिट्टिएर सडकबाट करिब सय मिटर तल खसेको आचार्यले बताए । शवलाई कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापनको टोली र जनपद प्रहरीले शव निकालेका जनाइएको छ । अफ्ठेरो स्थानमा खसेकाले प्रहरीले डोरीबाट गएर शव निकालेका थिए । रासस