मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘नेपाली सधै नेपाली नै हुन्छ भुतपुर्व वा वर्तमान भन्ने हुँदैन’ मन्त्री रविन्द्र अधिकारी

‘नेपाली सधै नेपाली नै हुन्छ भुतपुर्व वा वर्तमान भन्ने हुँदैन’ मन्त्री रविन्द्र अधिकारी


हिमालयखवर संवाददाता
सानफ्रान्सिको (अमेरिका) – पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै नेपाली सधै नेपाली नै हुन्छ भुतपुर्व वा वर्तमान नहुने बताएका छन् ।
 
गैर आवासीय नेपाली संघ र एनआरएन अमेरिका द्धारा आयोजित विज्ञ भेला र एनआरएन अमेरिकाको सातौँ बार्षिक साधारण सभालाई शनिवार सम्बोधन गर्दै मन्त्री अधिकारीले उक्त अभिव्यक्ती दिएका हुन् ।
 
'हामी नेपाली जहाँ बसेपनि नेपाली नै हुँ' मन्त्री अधिकारीले भने-'देश बनाउने क्षमता त्यता मात्र पुग्दैन उताको सहयोग र सकृयता पनि चाहिन्छ अब तपाई यता (विदेश) र उता (नेपाल)वस्ने सवै नेपाली हातेमालो गरेर अगाडी वढ्ने हो ।'
 
वर्तमान सरकारकै एक जना मन्त्रीले केही समय अघि विदेशमा स्थायी रुपमा बस्ने नेपालीलाई भुतपुर्व नेपाली हुन् भनेका थिए । यो भनाई प्रति नेपाली डायोस्पोराले आक्रोस व्यक्त गर्दै मन्त्री अधिकारीलाई यसवारेमा प्रश्न उठाएका थिए । यही क्रममा मन्त्री अधिकारीले उक्त अभिव्यक्ति दिएका हुन् ।
 
सरकारले विदेशमा वस्ने नेपालीको दक्षता र दक्षतालाई राम्रो सँग वुझेको छ अधिकारीले भने हामी संविधानमा उल्लेखित एनआरएन नागरिकता दिने प्रावधान प्रति प्रतिवद्ध छौं यो आउने बर्ष भित्र कानुन तयार भएर आउंछ । 
 
उनले सरकार एनआरएनलाई साथ लिएर हिड्न तयार रहेको पनि स्पष्ट पारे । 
 
'राज्यको जिम्मेवार व्यक्तिवाट यस्तो अभिव्यक्ति नआएको भए हुन्थ्यो' एनआरएनएका पुर्व अध्यक्ष जीवा लामिछानेले भने-'तर, एक जना मन्त्रीवाटै यस्तो अभिव्यक्ति आयो भनेर चिन्ता पनि नगर्नु होला ।
 
गैर आवासीय नेपाली  सम्वन्धि ऐनमा नेपालीले अंश नपाउने हुदैंन भन्ने हुदैंन' लामिछानेले भने-'अंशका वारेमा पनि मन्त्रीले कानुन विपरित बोल्नु भएको छ ।'
 
नेपाली जनसम्पर्क समितिका पुर्व संयोजक विष्णु सुवेदीले वर्तमान सरकारका मन्त्रीले विदेशमा वस्ने नेपालीलाई पुर्व नेपाली भनेकोमा आपत्ति जनाउँदै सरकारको धारणा राख्न भनेका थिए । सहभागीहरुले पनि यस विषयमा बोल्न मन्त्री अधिकारीलाई आग्रह गरेका थिए ।
 
नेपाली कांग्रेसका पुर्व पर्यटन राज्यमन्त्री रेवतीप्रसाद भुसालले भने नेपाली कुनै पद होइन जुन पुर्व हुन सकोस । एनआरएनका अध्यक्ष भवन भट्टले एक हात सबै साथको भावना अनुसार वढ्ने बेला भएको बताए । 
 
नेपाल समृद्धि तर्फ अघि वढिरहेको छ यसमा हामी विदेशमा बस्ने हामी पछि त परिएन भनेर सोच्नु पर्ने वेला आएको वताए । 
 
पुर्व मन्त्री डा प्रकाशचन्द्र लोहनीले एनआरएनलाई कुन प्रकृयावाट उपयोग गर्ने यो स्पष्ट गरेर जाँदा नेपाललाई फाइदा हुने बताए । पुर्व मन्त्री डा. लोहनीले देशको स्वतन्त्रता, नेपालमा भएका मानवअधिकारका हनन जस्ता विषयमा पनि आवाज उठाएर विदेशमा वस्ने नेपालीले दवाव दिन सक्ने वताए ।
 
 प्रवासी नेपाली मञ्चका कृष्ण लामिछानेले संस्थाले व्यक्तिगत सम्वन्धका आधारमा होइन सबैलाई समेटेर लैजान सुझाव दिएका थिए । 
 
शनिवार दिनभर विभिन्न विषयका विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । यसमा झण्डै ३० जना विज्ञ सहभागी थिए । शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास, सामाजीक क्षेत्र लगायतका विषयमा विदेशमा वस्ने नेपाली विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । नेपालले आर्जनको दक्षता कसरी नेपालीमा लैजान सकिन्छ यस विषयमा छलफलहरु भएका थिए । 
 
विज्ञ भेला शनिवार समाप्त हुँदैछ । आइतवार एनआरएन अमेरिकाको सातौं बािर्षक साधारण सभा हुने कार्यक्रम छ ।फोटो: बिमल नेपाल