मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यालीफोर्नियामा एनआरएन विज्ञ सम्मेलन सुरु

क्यालीफोर्नियामा एनआरएन विज्ञ सम्मेलन सुरु


अमेरिका– गरै आवासीय नेपाली सङ्घ र एनआरएन अमेरिकाको संयुक्त पहलमा विज्ञ सम्मेलन सुरु भएको छ । गैर आवासीय नेपाली सङ्घ र एनआरएन अमेरिका दोधारा संयुक्त रूपमा आयोजित विज्ञ सम्मेलन शनिवार क्यालिफोर्निया सनफ्रान्सिस्कोमा सुरु भएको हो । सम्मेलनको शनिवार बिहानको सत्रमा शिक्षा क्षेत्रमा सम्बन्धित रहेर कार्यपत्र प्रस्तुत गरिएको थियो । 
 
नेपालको विद्यालयलाई कसरी अझ गुणस्तरीय बनाउन सकिन्छ, सामुदायिक विद्यालयको महत्त्व लगायतका विषयमा कार्यपत्र प्रस्तुत भएको छ । यसमा छलफल भएको थियो । नेपालमा अन्य देशका राम्रो उदाहरण कसरी लैजान सकिन्छ यस विषयमा छलफल भएको थियो ।
 
उक्त सभामा नेपाल सरकारका मन्त्री, पूर्व मन्त्री, अमेरिकाका लागि नेपाली राजदूत, एनआरएनएका केन्द्रीय पदाधिकारीहरू लगायतको सहभागिता छ । 
 
शनिवार दिनभर विभिन्न ७ विषयगत क्षेत्रमा छलफल हुने छ । एनआरएनले आफ्नो स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरूले आर्जन गरेका ज्ञान, सीप र प्रविधि एवं पुँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने सङ्घको उद्देश्य यो सम्मेलन आयोजना गरेको छ । 
 
गैर आवासीय नेपाली सङ्घको पहलमा नेपालमा आर्थिक लगानी भित्राउन केही सफलता हासिल भए पनि विदेशमा रहेका नेपालीहरूको ज्ञान सीपलाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोग ल्याउन अपेक्षित सफलता हासिल गर्न सकिएको छैन । यसलैलाई मनन गरी यो कार्यक्रम हुन लागेको हो । यो नेपालमा आउने अक्टोबर महिनामा हुन लागेको विश्व विज्ञ सम्मेलनको पूर्व तयारी पनि हो । 
 
 कार्यक्रममा अमेरिका, क्यानडा बेलायत, जापान, रसिया, जमर्नी, साइप्रस, बेल्जियम लगायतका देशका विज्ञ लगायत एनआरएन पदाधिकारीहरूको सहभागिता हुने छ । फोटो: बिमल नेपाल