मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु


संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको मृत्यु भएको छ । 
 
नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्को झरेको थियो । ढिस्कोले पुरिएर दुई जना नेपाली र दुई जना भारतीय कामदारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले बताए । 
 
ढिस्कोले पुरिएर कालीकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोरको मृत्यु भएको हो । शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किशोर विद्युत् मिस्त्री थिए । 
 
घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । झरी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक सारुमगरले बताए । ढिस्को हटाउन स्काभेटर र डोजर घटनास्थलमा लगिसकिएको छ । रासस