मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अमानवीयताको पराकाष्ठा : गर्भवतीको हत्या

अमानवीयताको पराकाष्ठा : गर्भवतीको हत्या


राजविराज । सप्तरीको राजविराज नगरपालिका १५ मा एक जना गर्भवतीको हत्या भएको छ । 
 
राजविराज नगरपालिका–१५ मुसहर्नियाकी १७ वर्षीया बेचनीकुमारी साहको हत्या भएको र हत्या गरी ट्वाइलेटको रिङले छोपिएको अवस्थामा शुक्रबार शव फेला परेको प्रहरी नायब उपरीक्षक भोवेश रिमालले बताए । 
 
गर्भवती रहेकी बेचनी कुमारीको करिब ४ र ५ दिनअघि नै हत्या भएको प्रहरीले जनाएको छ । 
 
हत्या गरी फालिएको अवस्थामा शव कुहिएर दुर्गन्ध फैलिएपछि घटनाबारे खुलासा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गाउँमै दुर्गन्ध फैलिएपछि खोजी गर्ने क्रममा ट्वाइलेटको रिङले छोपिएको अवस्थामा शव भेटिएको हो । 
 
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राखेको छ । मृतकका पति ३५ वर्षीय सुजकुमार साह डेढ वर्षीया छोरी प्रतिमालाई लिएर बेपत्ता भएका छन् । घटनाबारे थप अनुसन्धान भइसकेको प्रहरी नायब उपरीक्षक रिमालले बताए । पतिले नै हत्या गरेको मृतक बेचनीको माइती पक्षले आरोप लगाएका छन् । 
 
यसअघि दुई दिनअगाडि पनि राजविराज नगरपालिका–९ स्थित मलेठमा ससुराली आएका एक युवकको ससुरा, जेठान र श्रीमतीले कुटपिट गरी हत्या गरेका थिए ।