अन्तर्वार्ता

नेपाल सरकारका मन्त्रीले विदेशमा वस्ने नेपाली प्रति गरेका विवादस्पद अभिव्यक्ति प्रति एआरएनएका महासचिवको आपत्ति

492 पटक पढिएको

14th Jun 2018, Thursday | २०७५ जेष्ठ ३१, बिहीवार ०८:२०
हिमालयखवर संवाददाता
अमेरिका-
गैर आवासिय नेपाली संघका महासचिव आउने शनिवार र आइतवार गते अमेरिकामा हुन लागेको विज्ञ सम्मेलन र एनआरएन अमेरिकाको साधारण सभामा भाग लिने क्रममा अमेरिकामा हुनुहुन्छ ।
 
क्यालिफोर्निया लसएञ्जल्समा हिमालय खवरले महासचिव केसीसंग विज्ञ सम्मेलन, एनआरएन अभियानको भविष्य, प्रवासमा रहेका नेपालीको नेपालमा भूमिका, सरकारका मन्त्रीवाट हालै आएका विवादस्पद अभिव्यक्ति लगायतका विषयमा कुराकानी गरेको थियो । 
 
एक जना मन्त्रीका हालैका अभिव्यक्ति प्रति महासचिव  केसीले आपत्ति जनाउनु भएको छ । विदेशी विज्ञ नेपालमा गएर काम गरिरहेको वेला विदेशमा कार्यरत आफ्नो क्षेत्रका दक्ष र विज्ञ नेपालीलाई सकृय बनाउंदा देशलाई फाइदा हुने वताउनु भयो । 
 
केसीसंग यही सेरोफेरोमा हिमालयखवरका लागि एलएञ्जल्समा डोल्मा लामा र शंकर वाग्लेले लिएको अन्तवार्ता ।