मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

२१औं संस्करणको फिफा विश्वकप २०१८ सुरु

२१औं संस्करणको फिफा विश्वकप २०१८ सुरु


एजेन्सी । विश्वकप फुटबलको चार वर्ष लामो व्यग्र प्रतीक्षापश्चात् आज बिहीबारदेखि २१औं संस्करणको विश्वकप सुरु हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिता मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ ।
 
रुसमा पहिलोपटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेताहरु फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि मस्कोको लुझनिकी रंगशालाबाटै बिदा लिनेछ ।
 
फिफाको बहुचर्चित भ्रष्टाचार काण्ड, अमेरिका तथा युरोपियन युनियनसँग रुसको खराब सम्बन्ध, डोपिङ प्रकरणलगायतका विवादका बीच समयमै उत्कृष्ट तयारी गरेको रुसले उदघाटन समारोह विगतको तुलनामा फरक ढंगले गर्ने भएको छ ।
 
विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रुपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् । दुईपटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्वस्टार रोनाल्डो उदघाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् ।
 
यसपाली उदघाटन समारोह धेरै हदसम्म सांगीतिक प्रस्तुतिहरुमा केन्द्रित हुने बताइएको छ । स्थानीय समयअनुसार खेल साँझको ६ बजे सुरु हुनभन्दा आधा घन्टाअघिसम्म पनि सांगीतिक कार्यक्रम चल्नेछ ।
 
२१ औं रसिया विश्वकपमा विश्वका ३२ राष्ट्रले सहभागिता जनाएका छन् । ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर प्रत्येक समूहमा ४ राष्ट्रलाई राखिएको छ । विश्वकपका प्रतिस्पर्धी ३२ राष्ट्रको खेल तालिका–
 
समूह चरण
जेष्ठ ३१
रूस – साउदी  अरब : बेलुका ८ः४५ – लुज्निकी रंगशाला मस्को
असार १
इजिप्ट –उरूग्वे : साँझ ५ः४५ – इकाटेरिनबर्ग एरिना
मोरक्को – इरान : बेलुका ८ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला
पोर्चुगल – स्पेन : राती ११ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची
असार २
फ्रान्स – अष्ट्रेलीया : दिउँसो ३ः४५ – कजान एरिना
अर्जेन्टिना – आइसल्याण्ड : साँझ ६ः४५ – स्पार्टक रंगशाला मस्को
पेरू – डेनमार्क : बेलुका ९ः४५ – मोर्डोभिया एरिना सारांस्क
असार ३
क्रोएसिया – नाइजेरीया : दिउँसो १२ः४५ – कालिनिन्गराड रंगशाला
कोष्टारिका – सर्बिया : साँझ ५ः४५ – समारा एरिना
जर्मनी – मेक्सिको : बेलुका ८ः४५ – लुज्निकी रंगशालामा मस्को
ब्राजिल – स्विजरल्याण्ड : राती ११ः४५ – रोस्टोभ एरिना सामरा
असार ४
स्विडेन – दक्षिण कोरिया : साँझ ५ः४५ – निज्नी नोभगोरोड रंगशाला
बेल्जियम – पानामा : बेलुका ८ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची
ट्युिनसिया – इङ्ल्याण्ड : राती ११ः४५ – भोल्गोग्राड एरिना
असार ५
कोलम्बिया – जापान : साँझ ५ः४५ – मोर्डोभिया एरिना सारांस्क
पोल्याण्ड – सेनेगल : बेलुका ८ः४५ – स्पार्टक रंगशाला मस्को
रूस – इजिप्ट : राती ११ः४५ – कजान एरिना
असार ६
पोर्चुगल – मोरक्को : साँझ ५ः४५ – लुज्निकी रंगशालामा मस्को
उरूग्वे – साउदी अरब : बेलुका ८ः४५ – रोस्टोभ एरिना सामरा
इरान – स्पेन : राती ११ः४५ – कजान एरिना
असार ७
डेनमार्क – अष्ट्रेलीया : साँझ ५ः४५ – समारा एरिना
फ्रान्स – पेरू : बेलुका ८ः४५ – इकाटेरिनबर्ग एरिना
अर्जेन्टिना – क्रोएसिया : राती ११ः४५ – निज्नी नोभगोरोड रंगशाला
असार ८
ब्राजिल – कोष्टारिका : साँझ ५ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला
नाइजेरीया – आइसल्याण्ड : बेलुका ८ः४५ – भोल्गोग्राड एरिना
सर्बिया – स्विजरल्याण्ड : राती ११ः४५ – कालिनिन्गराड रंगशाला
असार ९
बेल्जियम – ट्युिनसिया : साँझ ५ः४५ – स्पार्टक रंगशाला मस्को
दक्षिण कोरिया – मेक्सिको : बेलुका ८ः४५ – रोस्टोभ एरिना सामरा
जर्मनी – स्विडेन : राती ११ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची
असार १०
इङ्ल्याण्ड – पानामा : साँझ ५ः४५ – निज्नी नोभगोरोड रंगशाला
जापान – सेनेगल : बेलुका ८ः४५ – इकाटेरिनबर्ग एरिना
पोल्याण्ड – कोलम्बिया : राती ११ः४५ – कजान एरिना
असार ११
साउदी अरब – इजिष्ट : बेलुका ७ः४५ – भोल्गोग्राड एरिना
उरूग्वे – रसिया : बेलुका ७ः४५ – समारा एरिना
इरान – पोर्चुगल : राती ११ः४५ – मोर्डोभिया एरिना सारांस्क
स्पेन – मोरक्को : राती ११ः४५ – कालिनिन्गराड रंगशाला
असार १२
अष्टे«लिया – पेरू : बेलुका ७ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची
डेनमार्क – फ्रान्स : बेलुका ७ः४५ – लुज्निकी रंगशालामा मस्को
नाइजेरीया – अर्जेन्टिना : राती ११ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला
आइसल्याण्ड – क्रोएसिया : राती ११ः४५ – रोस्टोभ एरिना सामरा
असार १३
दक्षिण कोरिया – जर्मनी : बेलुका ७ः४५ – कजान एरिना
मेक्सिको – स्विडेन : बेलुका ७ः४५ – इकाटेरिनबर्ग एरिना
स्विजरल्याण्ड – कोष्टारिका : राती ११ः४५ – निज्नी नोभगोरोड रंगशाला
सर्बिया – ब्राजिल : राती ११ः४५ – स्पार्टक रंगशाला मस्को
असार १४
सेनेगल – कोलम्बिया : बेलुका ७ः४५ – समारा एरिना
जापान – पोल्याण्ड : बेलुका ७ः४५ – भोल्गोग्राड एरिना
इङ्ल्याण्ड – बेल्जियम : राती ११ः४५ – कालिनिन्गराड रंगशाला
पानामा  – ट्युिनसिया : राती ११ः४५ – मोर्डोभिया एरिना सारांस्क
 
अन्तिम १६ टोली (प्रि क्वाटरफाइनल)
असार १६ – बेलुका ७ः४५ – कजान एरिना : समूह सी विजेता – समूह डी उपविजेता
असार १६ – राती ११ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची : समूह ए विजेता – समूह बी उपविजेता
असार १७ – बेलुका ७ः४५ – लुज्निकी रंगशालामा मस्को : समूह बी विजेता – समूह ए उपविजेता
असार १७ – राती ११ः४५ – निज्नी नोभगोरोड रंगशाला : समूह डी विजेता – समूह सी उपविजेता
असार १८ – बेलुका ७ः४५ – समारा एरिना : समूह इ विजेता – समूह एफ उपविजेता
असार १८ – राती ११ः४५ – रोस्टोभ एरिना सामरा : समूह जी विजेता – समूह एच उपविजेता
असार १९ – बेलुका ७ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला : समूह एफ विजेता – समूह इ उपविजेता
असार १९ – राती ११ः४५ – स्पार्टक रंगशाला मस्को : समूह एच विजेता – समूह जी उपविजेता
 
क्वाटरफाइनल
असार २२ – बेलुका ७ः४५ –  निज्नी नोभगोरोड रंगशाला : समूह ए विजेता – समूह बी विजेता
असार २२ – राती ११ः४५ – कजान एरिना : समूह इ विजेता – समूह एफ विजेता
असार २३ – बेलुका ७ः४५ –  समारा एरिना : समूह जी विजेता – समूह एच विजेता
असार २३ – राती ११ः४५ –  फिस्ट ओलम्पिक रंगशाला सोची : समूह सी विजेता – समूह डी विजेता
 
सेमिफाइनल
असार २६ – राती ११ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला : क्वाटरफाइनल १ विजेता – क्वाटरफाइनल २ विजेता
असार २७ – राती ११ः४५ – लुज्निकी रंगशालामा मस्को : क्वाटरफाइनल ३ विजेता – क्वाटरफाइनल ४ विजेता
 
असार ३१ गते फाइनल
सेमिफाइनलमा विजेता दुई टोली बेलुका ८ः४५ : लुज्निकी रंगशालामा मस्को