मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या


ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा गएराति धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 
 
हत्यापछि आफ्नी पाँच वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति नै फरार भएको  ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयोे । मृतक बाबुसँगै रातभर रहेकी पाँच वर्षीया छोरी बिहान रोएको र चिच्याएको आवाज सुनेपछि छरछिमेकीले थाहा पाएका थिए । त्यसलगत्तै प्रहरीलाई घटनाबारे जानकारी भएको थियो । 
 
बिहान प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै फरार शर्मिलाको  खोजी भइरहेको छ । घटना कसरी भयो भन्ने यकिन भइसकेको छैन । रासस