मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोमा लङमन्ट हिमालयज लायन्सको सकृयततामा लियो क्लव गठन

कोलोराडोमा लङमन्ट हिमालयज लायन्सको सकृयततामा लियो क्लव गठन


कोलोराडो (अमेरिका)- कोलोराडोमा लङमन्ट हिमालयज लायन्सको सकृयतामा लङमन्ट हिमालयज लियो क्लब गठन भएको छ । आईतबार एक समारोह बिच लियो क्लव र  हिमालयज लायन्सका नया कार्यसमितीका पदाधिकारीहरुको परिचयात्मक कार्यक्रम  सम्पन्न भयो । 
 
लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा लायन्सका पाष्ट ईन्टरनेसनल डिरेक्टर केन सोल्टर, लायन्स ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर डेबिड डे, आगामी गर्भनर केरोल लाम्बल, फष्ट भाईस गर्भनर मिसेल मीकग्यालेन, फष्ट भाईस डिष्टीक गर्भनर पेन स्ट्रिट, पाष्र्ट डिष्टीक गर्भनर केननोर गिल, ग्वोवल मेम्बर चेयर पर्शन देवमेण्डल हल, लायन्स ६ नर्थ ईष्ट डिष्ट्रिक चेर पर्शन जोशन श्रेष्ठको, नव गठित लियोका पदाधिकारी नेपाली संघ संस्थाका प्रतिनिधी,पत्रकार गन्यमान्य तथा सर्वसाधरण उपस्थिती परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
 
नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर सुरु गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष प्रमोद श्रेष्ठले सबैलाई स्वागत गर्र्दै क्लवको एक बर्षको प्रगती बिवरण प्रस्तुत गरेका थिए भने, कोषाध्यक्ष संजय प्रधानले अर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
 
कार्यक्रमको दोश्रो सत्रमा लायन्सको घरवार बिहिनलाई खाना बितरण, ब्लड डोर्नेसन, बृक्ष रोपण लगायत बिभिन्न कार्यमा सहयोग गर्ने स्वयंसेवकहरुलाई प्रसंसा पत्र र यस कार्यकालका पदाधिकारीहरुलाई कार्यकाल सफल बनाउन सकृय सहयोग गरेबापतको सम्मान पत्र प्रदान गरिएको थियो । 
 
त्यसैगरी कार्यक्रमा लङमन्ट हिमालयज लियो क्लब गठन गरिएको औपचारिक जानाकारी सहित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्दै पिन लगाएर स्वागत गरिएको थियो । यसरी नवगठित लियोका पदाधिकारीहरुमा अध्यक्ष सुदिक्षा भट्ट, सचिव आश्विनी श्रेष्ठ र सदस्यहरुमा जानवी श्रेष्ठ, सुर्यान्सु श्रेष्ठ, आकृती पौडेल, लसाता श्रेष्ठ, टिजन मानन्धर, लीवनँ लीवन, वेन , लीवन ह्वान लीवन, एडवार्ड लीवन, रिभा श्रेष्ठ, पाल्पासा कार्की रहेका छन् ।
 
त्यस्तै लङमन्ट हिमालयज लायन्स क्लवको आगामी कार्यकालको लागी सर्वसम्मत चयन भएका पदाधिकारीको घोषणा गदै खादा पहराई स्वागत गरिएको थियो । यसरी छनोट भएका पदाधिकारीहरुमा अध्यक्ष बिकल पराजुली , प्रथम उपाध्यक्ष संजय प्रधान, द्धितिय उपाध्यक्ष अन्जु श्रेष्ठ, तृतिय उपाध्यक्ष निर्मल श्रेष्ठ, सचिव उज्जल सुनुवार, कोषाध्यक्ष जोशन श्रेष्ठ, कम्यूनिकेसन अफिसर नातिबाबु भट्ट र मेम्बरसिप चेयरपर्शन नारायण श्रेष्ठ, प्रमोद श्रेष्ठ, दिनेश श्रेष्ठ, साई सुमन र प्रेमकाजी श्रेष्ठ  रहेका छन् । 
 
कार्यक्रममा ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ, नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, नेवा खःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपालका दिपक सुनुवार लगायत बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । नव गठित लियोका पदाधिकारी , क्लवका पदाधिकारी स्वयंसेवकहरुलाई कार्यक्रममा उपस्थित लायन्सका पाष्ट ईन्टरनेसनल डिरेक्टर  ६ नर्थ ईष्टका पदाधिकारीहरुले खादा पिन लगाईदिई स्वागत गरेका थिए । कार्यक्रममा बक्ता अतिथीहरुले सफल कार्यकालको सुभकामना दिएका थिए ।