मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

उत्तर कोरिया र अमेरिकाका नेता बिचको वार्ता पछि ट्रम्पले भने, भेरी भेरी गुड,

उत्तर कोरिया र अमेरिकाका नेता बिचको वार्ता पछि ट्रम्पले भने, भेरी भेरी गुड,


हिमालयखवर संवाददाता
अमेरिका-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उन बिच मंगलवार बिहान सिंगापुरमा ऐतिहासिक बैठक भएको छ । बैठक हुनु अघि अमेरिकी र उत्तर कोरियाको झण्डा अगाडी दुवै नेताले कसिलोसँग हात मिलाएका थिए । दुई नेता बिच सिंगापुरमा करिब ४८ मिनेट वार्ता भएको थियो । वार्ता पछि अमेरिकी राष्ट्रपति ट्रम्पले छलफल निकै सकारात्मक रहेको बताएका छन् । 
 
यसलाई अमेरिकी मिडियाले उत्कृष्ट कूटनीतिको रूपमा विश्लेषण गरेका छन् । अमेरिकाले वार्तामाले उत्तर कोरियाको न्यूक्लियर हतियार नष्ट गर्ने प्रमुख एजेण्डाका रूपमा राखेका थियो ।  उत्तर कोरियाका नेताले भने यसमा आफ्नो दृष्टिकोण स्पष्ट गरेनन् । तर, दुवै नेताले मित्रवत रूपमा अगाडी बढ्ने संकल्प गरेको मिडिया रिपोर्टहरूमा उल्लेख छ । 
 
एसियाको विकसित देश सिंगापुरमा उच्च सुरक्षा घेरा बिच रहेपनि दुवै नेता अनौपचारिक र तनाव मुक्त रूपमा सार्वजनिक भएका थिए । यो वार्तालाई विश्व भर चासोका रूपमा हेरिएको छ । २५ सय भन्दा बढी पत्रकार यो वार्ताको समाचार बनाउन त्यहाँ पुगेका थिए ।तस्बिर: सामाजिक संजाल