मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

केपी ओलीबाटै संघीयता खतरामा छ : युवा नेता थापा

केपी ओलीबाटै संघीयता खतरामा छ : युवा नेता थापा


काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सबैभन्दा बढी खतरा प्रधानमन्त्री केपी शर्मा ओलीबाटै भएको गम्भीर आरोप लगाएका छन् ।
 
नेता थापाले यो व्यवस्थालाई जोगाउने दायित्व आफ्नो पार्टीको रहेको दाबी पनि गरेका छन् ।
 
नेपाल विद्यार्थी संघले गरेको कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्वराजा ज्ञानेन्द्र शाह र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट खतरा रहेको चर्चा हुने गरे पनि सबैभन्दा बढी खतरा दुई तिहाई बहुमतको नेतृत्व गरेर सरकार संचालन गरिरहेका प्रधानमन्त्री ओलीबाटै रहेको दाबी गरेका हुन् ।
 
“नेपालमा सबैभन्दा बढी संघीयता मन नपराउने मान्छे को हो रु सबै भन्छन्– चित्रबहादुर केसी, तर होइनन्,” थापाले भने, “प्रधानमन्त्री केपी ओली हुन् ।”
 
उनले उनीबाटै अहिलेको व्यवस्था खतरामा पर्ने देखेको बताए । “यो व्यवस्थाको जिम्मा लिएर जनताबाट सबैभन्दा बढी मत लिएकै नेताबाट यो व्यवस्था खतरा छ,” थापाले भने, “यो व्यवस्था समस्यामा पर्ने देखेको छु ।” 
 
नेता थापाले अमेरिका, फिलिपिन्सलगायतका मुलुकहरुमा पनि निर्वाचित राष्ट्रपतिबाटै लोकतन्त्रमाथि खतरा रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको दाबी गर्दै नेपालमा पनि त्यसको अंशको रुपमा सो कुरा देखिएको तर्क पनि गरे । 
 
नेता थापाले हारको मानसिकता बोकेर कांग्रेस अघि बढन नसक्ने भएकाले अब कांग्रेस सशक्त रुपमा अघि बढ्नुपर्ने बताए ।