मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससको ड्यालसमा नेपाल शो सुरू

टेक्ससको ड्यालसमा नेपाल शो सुरू


ड्यालस (अमेरिका) – स्टोरी साइकल अमेरिकाले यस वर्ष पनि नेपाली कला र कलाकारहरूको कृतिको प्रचार प्रसारका लागि अमेरिकामा नेपाल शो सुरू गरेको छ । 
 
नेपाल शो को सुरूवात बेडफोर्डस्थित फिस्टेल नेपाली रेष्टुरामा अाइतबार एक समारोहका बीच भएको छ । नेपालका बिभिन्न पुरातात्विक महत्व बोकेका स्थलहरू चित्रकलालाइ यस पटक विशेष महत्वका साथ समावेश गरिएको छ । 
 
नेपाल शोको अवलोकनका लागि अाइतबार स्थानीय युलेस तथा बेडफोर्डका मेयरहरू समेत सहभागी भएका थिए । कार्यक्रममा युलेसकी मेयर लिण्डा मार्टिनले नेपालका बारेमा जान्नका लागि यो प्रदर्शनी अफूलाइ निकै उपयोगी भएको बताइन् । उनले गत वर्षको प्रदर्शनीको समेत स्मरण गर्दै यस पटक पनि अायोजना गरेकोमा अायोजक स्टोरी साइकलको प्रशंसा गरेकी थिइन् । 
 
मेयर लिण्डाले युलेस शहरमा संसारका बिभिन्न स्थानबाट अएकाहरूको बसोबास रहेको उल्लेख समेत गरिन् ।
 
कार्यक्रममा स्टोरी साइकल युएसएका डाइरेक्टर राम सी पोखरेलले तीन वर्ष अघिको भुकम्पले नेपालका धेरै पुरातात्विक महत्वका स्थलहरू भत्किएको उल्लेख गर्दै ती सम्पदाहरूको संरक्षणका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । 
 
त्यस अवसरमा स्टोरी साइकलका क्युरेटर साैरभ ढकालले नेपाल शोका बारेमा जानकारी दिएका थिए । अाइतबारनै बेडफोर्डका मेयर जिम ग्रिफिन, एनअारएनएका क्षेत्रीय संयोजक गाैरीराज जोशी, नेपाली समाज टेक्ससका महासचिव भक्त भण्डारी लगाएतले पनि नेपाल शो को अवलोकन गरेका थिए ।