मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्सस ड्यालसको दि बम फ्याक्ट्री जुरुक्क बनायो नेपथ्यले

टेक्सस ड्यालसको दि बम फ्याक्ट्री जुरुक्क बनायो नेपथ्यले


ठाउँ–ड्यालस शहरको मध्यभाग
हलको नाम– दि बम फ्याक्ट्री, जससँग जोडिएको छ,  हातहतीयारको निर्माणदेखि अमेरिकाकै चर्चित व्याण्डहरुको प्रस्तुतीसम्मको इतिहास । 
 
र, त्यही ठाउँमा नेपथ्यका अमृत गुरुङ्गले  आफुलाइ जोडे शनीवार साँझ । जोडे मात्र होइन, इतीहास नै बनाए । दि बम फ्याक्टी,  अमृतका शान्तीकामी र  मन छुने गितले शनीवार अबेर रातीसम्म   गुन्जीरहयो । 
 
यसैपनि नेपथ्य, र अझ खासगरी अमृत गुरुङ्ग, नेपाल र नेपालीको भावनालाइ जोडन र संवेदनशीलतालाइ पकडन खप्पीस छन । 
आजदेखि हो र ? 
 
“जोमसोमै बजारमा बाह्र बजे हावा सरर…” गाउँदा देखि नै नेपाल र नेपालीको भावना र मनलाइ ‘होल्ड’ गर्न पल्केका यी गायकले ड्यालसका नेपालीलाइ ‘होल्ड’ नगर्ने कुरै भएन । मज्जाले ‘होल्ड’ गरे । ‘होल्ड’ मात्र होइन, जुरुक्कै उठाए पो त । 
 
सन्देशले भरिएर पनि मान्छे उचाल्ने गित गाउन त, अमृतसँग कसैले सिकोस ।
जानेका पनि कती । 
 
“जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना” रे । 
यस्ता भावका गित त,  कती कती । 
 
अमृत लोक पाराका फ्युजन गित मात्र गाउँदैनन, बिच बिचमा बोल्ने उनको शैली पनि ‘फ्युजन’ पाराकै हुन्छ ।  गाउँतीरको कटुवाल पारामा ‘फ्युजन’ । 
 
बिच बिचमा उनी भनीरहन्छन–“ल है नेपाल घुम्न जाउँ है, ल है नेपालतीरका गाउँमा कोही बाल बालीका पढन पाएको छैन भने पढाउँ ह इइइइ ।”
 
प्रस्तुतीका क्रममा उनले आफना गायन जिवनका चर्चित गितहरुसँगै अरुका “गाउँ गाउँबाट, वस्ती वस्तीबाट उठ” जस्ता गितहरु पनि गाए । र, ड्यालसका नेपालीलाइ एकै छिनमा “नोष्टाल्जीक” बनाए । 
 
अमृत स्टेजमा भैइन्जेल, ड्यालसको मध्यशहरको पुरानो सडकतीर छौं भन्ने भानै हुन पाएन । ड्यालसका बिचमा नेपाली होइन, नेपालीका बिचमा ड्यालस भएको भान गरायो नेपथ्यले । 
 
धन्य छन आयोजकहरु मम इन्टरटेनमेन्ट, वाइज इन्टरटेनमेन्ट, निरज पन्त, डीटी इन्टरटेनमेन्ट र एभरेष्ट रेष्टुरा, जसले ड्यालसका नेपालीलाइ नेपथ्यसँग ड्यालसको मध्यभागमा जुरुक्क बनाए । 
 
आयोजकहरु यसपटक विगतमा भन्दा दंग देखिन्थ्ये । दंग नदेखिऊन पनि किन ? आयोजक मध्येका एक निरज पन्तका अनुसार, कार्यक्रममा २५ सय भन्दा बढीको सहभागीता थियो ।