मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्माण व्यवसाय क्षेत्रको एकाधिकार तोडिन्छ : प्रचण्ड

निर्माण व्यवसाय क्षेत्रको एकाधिकार तोडिन्छ : प्रचण्ड


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताएका छन् । 
 
निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा आज भएको छलफलमा अध्यक्ष दाहालले भने “काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ । हामी समृद्धि र विकासको यात्रामा छौँ । ठेक्का लिएर काम सम्पन्न नगर्ने प्रवृत्तिप्रति तपाईंहरु पनि सचेत हुनुहोला ।” 
 
“सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा छैन” प्रचण्डले भने “साना निर्माण व्यवसायीले काम नपाउने र ठूला व्यवसायीले काम होल्ड गर्दा विकासका काम रोकिएका छन् । हाम्रो उद्देश्य विकास र समृद्धिको यात्रालाई द्रुत गतिमा अघि बढाएर जनताको अपेक्षा पूरा गर्नु हो ।” 
 
विकास, समृद्धि र सुशासन नै आफ्नो सपना भएको अध्यक्ष दाहालले बताए । उनले भने “अबको युग विकासको युग हो, सुशासनको युग हो, समृद्धिको युग हो । हामीलाई त्यसबाट दायाँबायाँ हुने छूट छैन ।” 
 
ले अनावश्यकरुपमा बाहिर के प्रचार गरिन्छ, त्यतातिर विल्कुल ध्यान नदिएको र विकास, समृद्धि, सुशासन नै आफ्नो लक्ष्य भएकाले त्यसमा इमान्दार रहेको तथा दृढताका साथ अघि बढ्ने स्पष्ट पारे । 
 
उनले सरकारले व्यवसायीलाई काम गर्ने वातावरण दिनुपर्ने र व्यवसायीले पनि सम्झौताअनुसारको काम गर्नुपर्ने बताए । उनले भने “राज्य पनि कानूनबमोजिम चलोस्, व्यवसायीले पनि सम्झौताअनुसार काम गरुन्, त्यसले बल्ल देश बन्छ ।” 
 
भेटमा व्यवसायीले ठूला ठेकेदारले मेचीदेखि महाकालीसम्म सबै काम लिएर गरेर राखेको गुनासो गरे । “सरकारले साना व्यवसायीलाई मात्र दबाब दिएको छ, ठूला व्यवसायीका कारण देशको विकास लथालिंग छ, त्यतातिर सरकारको ध्यान जाओस्” एक व्यवसायीले भने । 
 
आफूलाई ठूला बताउने निर्माण व्यवसायीले देशभरि ठेक्का लिएर काम गरेका छैनन । यी छवटा कम्पनीले ठेक्का होल्ड गर्ने काम नगर्ने गर्दा देश बर्बाद भयो नेपाल राष्ट्रिय निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नवराज खड्काले भने । 
 
व्यवसायीले ठूला कम्पनीले काम होल्ड गरेर राख्दा त्यसको अपजस आफूहरुले बेहोर्नुपरेको बताए । सार्वजनिक खरिद ऐनका कारण ठूला ठेकेदार मोटाएको व्यवसायीले गुनासो गरेका थिए ।