मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लसएन्जलसमा यही जून १० तारिखमा निशुल्क स्वास्थ्य परिक्षण हुँदै

लसएन्जलसमा यही जून १० तारिखमा निशुल्क स्वास्थ्य परिक्षण हुँदै


लसएन्जल्स (अमेरिका)- Society of American Nepalese Nurses (SANN), NRN USA Help Desk, NRN USA Women Committee & NRN USA CA Chapter को आयोजनामा यही जून १० तारिख आइतबारको दिन लसएन्जल्समा बसोबास गर्ने  सबैमा  स्वास्थ्य सेवाको लागि  निःशुल्क स्वास्थ्य  परीक्षणको आयोजना गरिएको छ ।
 
लसएन्जल्सबासी नेपालीहरूको पशुपतिनाथ बुद्ध मन्दिरमा हुन गइरहेको निःशुल्क स्वास्थ्य परीक्षणमा एनआरएनए आईसिसिका महासचिव बद्रि के .सी को समेत उपस्थिति रहनेछ।
 
त्यसै दिन  दिउसो ११ बजे एनआरएनए सम्बन्धी समसामयिक विषयहरूमा अन्तरक्रिया छलफल समेत गरिने जानकारी एनआरएनए क्यालिफोर्निया च्याप्टरका सभापति रामबाबु पाण्डेले दिए । सम्पूर्ण एनआरएनए अभियान्तहरु साथै सम्पूर्ण सामुदायिक सदस्यहरूलाई पनि  उक्त शिविरमा निःशुल्क स्वास्थ्य सेवा लिनको निम्ति  आईदिनुहुन आह्वान समेत गरेका छन् ।