मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मिडियाले सरकारको आँखा खोलिदिनुपर्छ : नेता पौडेल

मिडियाले सरकारको आँखा खोलिदिनुपर्छ : नेता पौडेल


तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सञ्चारमाध्यमले मिडियाले सरकारको स्वच्छ आलोचना गर्नुपर्ने बताएका छन् । 
 
बन्दीपुरमा सामुदायिक रेडियो प्रसारक महासंघ (अकोराब)को प्रदेश नं ४ को प्रथम साधारण सभाको उद्घाटन गर्दै उनले भने, “मिडिया बलियो भइसके, मिडियाले गर्दा अब कसैले चाहँदैमा लोकतन्त्र खोस्न सक्दैनन् ।
 
सरकारले नचाहेको कुरा जनताले चाहेका हुन सक्छन् त्यस्तो अवस्थामा मिडियाले सरकारको आँखा खोलिदिन सक्नुपर्छ ।” 
 
बहुलवादमा आधारित संघीयता उचित भएको बताउँदै नेता पौडेलले अब अन्य शासन प्रणाली स्थापना गर्न नभई प्राप्त अधिकारको सदुपयोग गरी समृद्धिको बाटोमा लाग्नुपर्ने बताए । 
 
अकोराबका अध्यक्ष सुवास खतिवाडाले दुर्गम ठाउँम नाफा नहुने हुँदा निजी रेडियो अन्यन्त न्यून संख्यामा सञ्चालन गरिएको छ भन्दै समुदायलाई सुसूचित गराउन सामदायिक रेडियोको ठूलो भूमिका खेलेको बताए । 
 
सो अवसरमा प्रदेश नं। ४ मा पहिलो पटक सामुदायिक रेडियो स्थापना गर्ने पोखरास्थित हिमचुली एफएमका अध्यक्ष इञ्जिनीयर लेखबहादुर गुरुङलाई कदरपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।