मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसलाई पुरानै अवस्थामा फर्काएरमात्रै विश्राम लिन्छु : सभापति देउवा

कांग्रेसलाई पुरानै अवस्थामा फर्काएरमात्रै विश्राम लिन्छु : सभापति देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातको अन्त्य गरेर पार्टीलाई पुरानै अवस्थामा फर्काएरमात्रै विश्राम लिने बताएका छन् । 
 
नेपाली कांग्रेस कैलालीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले चुनावमा पार्टीभित्रैबाट अन्र्तघात भएकै कारण गएको निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भन्दै अन्तरघातीलाई कुनै पनि हालतमा छूट नदिने स्पष्ट पारे । 
 
सभापति देउवाले देशमा जवरजस्ती आफ्ना विचार लादेर सर्वसत्तावाद ल्याउने प्रयास भइरहेको भन्दै कांग्रेसले प्रजातन्त्र कुनै पनि हालतमा कमजोर हुन नदिने बताए ।
 
विगतमा आफूले धनगढीको गौरीफन्टा नाकाको स्तरोन्नतिको पहल गरेपनि ओली सरकार भारतसँग लम्पसारवादमा गएको आरोप लगाउँदै उनले भने, “गौरीफन्टा नाका बन्द गर्ने षडयन्त्र भइरहेको छ, यो षड्यन्त्रलाई सफल हुन दिने छैन ।” 
 
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यद्वय रमेश लेखक र ईश्वरी न्यौपानेले मुलुकमा सर्वसत्तावाद र अधिनायकवादको खतरा रहेकाले कांग्रेसका नेता कार्यकर्ताले सचेत भएर पार्टी संगठनमा लाग्नुपर्ने बताए । 
 
‘‘किशुनजीलाई हराएदेखि कांग्रेसमा अन्तरघातको रोग लागेको छ र यो क्रम अहिले पनि जारी छ । अब यसरी पार्टी चल्दैन, कांग्रेस भंग गरे हुन्छ,’’ उनले भने, ‘‘म अन्तरघातबाट मुक्त कांग्रेस बनाएर मात्रै विश्राम लिन्छु, तपाईहरुको साथ चाहियो ।’’ 
 
कांग्रेसलाई पार्टीभित्रैका अन्तरघातीहरुले सिध्याउन थालेको पूर्वप्रधानमन्त्री देउवाको भनाइ थियो । उनले प्रष्ट शब्दमा पार्टीमा अन्तरघात कायमै रहे कांग्रेस पार्टी भंग गरिदिए पनि हुने बताए ।   
 
‘‘पार्टीभित्र एक से एक क्षमतावान नेताहरु छन् । तर टिकट त एक जनाले मात्रै पाउने हो नि, टिकट पाएन भन्दैमा हराउन लाग्ने रु’’ आक्रोशित मुद्रामा प्रस्तुत भएका देउवाले प्रश्न गरे । उनले आफ्नै पार्टीका उमेदवारलाई हराउने अन्तरघातीहरुको पार्टीमा कुनै कामै नभएको जिकिर गर्दै अन्तरघात गर्ने कसैलाई पनि कारवाही गर्न आफू नहिच्किचाउने स्पष्ट पारे । 
 
कांग्रेस सभापति देउवाले अहिलेको सरकारले आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारले गरेका महत्वपूर्ण निर्णयहरु उल्टाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरे । उनले ओली सरकारले रोक्न खोजे पनि गौरीफन्टा नाकाको स्तरोन्नतिको काम जसरी पनि गराउने दावीसमेत गरे । 
 
प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गौरीफन्टा नाका स्तरोन्नतिका लागि सहमति गरेर स्मरण गर्दै देउवाले भने, ‘‘तर ओलीजीले देउवाले गरेको सहमति लागु नगर्ने भन्दै गौरीफन्टा नाकाको स्तरोन्नतिको काम रोकिदिए । तर तपाईहरु नआत्तिनुस, म जसरी पनि यो काम गराउँछु ।’’
 
प्रधानमन्त्री ओली भारतलाई रिझाउन ‘जि हजुरी’ मा लागेको आरोप लगाउँदै देउवाले ओली सरकार लम्पसारवादमा परिणत भएको आरोप लगाए । ‘‘राष्ट्रवादको नाम भजाएका ओली अहिले भारतलाई रिझाउन जि हजुरीमा व्यस्त छन्, यसलाई लम्पसारवाद भन्ने कि नभन्ने रु’’ देउवाले प्रश्न गरे । 
 
कार्यक्रममा पार्टीका जिल्ला सभापति नरनारायण शाह, नेताहरू रामजनम चौधरी मोहनसिं राठौर, डा रणबहादुर रावल, भरतवहादुर खड्का लगायतले पाटीृभित्र अन्तरघातको रोग हटाउनुपर्नेमा जोड दिएका थिए । दुई दिने सम्मेलनमा जिल्लाभरका एक हजार नेता कार्यकर्ता सहभागी रहेको कांग्रेसले जनाएको छ ।