मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

दुखद खबर: सीएनएनका यात्रा स्मरण प्रस्तोता एन्थोनी रहेनन्

दुखद खबर: सीएनएनका यात्रा स्मरण प्रस्तोता एन्थोनी रहेनन्


हिमालयखवर संवाददाता 
अमेरिका- 
दुखद खबर, प्रतिभाशाली सेफ,  खाना सम्बन्धी वेस्ट सेलर किताब लेखक तथा चर्चित यात्रा स्मरणका प्रस्तोता सीएनएनका एन्थोनी बुरडन अव रहेनन । उनी ६१ वर्षका थिए । एन्थोनी फ्रान्समा अर्को यात्रा स्मरण पार्ट अन्नोनका लागि काम गरिहेका थिए ।
 
उनका निकट मित्र फ्रान्सेली सेफ इरिक रिपर्टले शुक्रवार बिहान अचेत अवस्थामा एन्थोनीलाई भेटेका थिए । सीएनएनले एउटा दुखद समाचार भन्दै उनको मृत्यु पुष्टि गरेको छ । उनको मृत्युको कारण आत्महत्या रहेको बताइएको छ ।
 
चर्चित सेफल एन्थोनीले सीएनएनमा पार्ट अन्नोन नामक यात्रा सस्मण कार्यक्रम सञ्चालन गर्थे । यात्रा, उक्त स्थानको वस्तुस्थिति, खाना लगायतका विषय समेटेर बनाइने पार्ट अन्नोन निकै चर्चित कार्यक्रम थियो । तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र एन्थोनीले भियतनाममा एउटा सामान्य रेष्टुरेण्टमा बसेर वियर र स्थानीय खाना खाएको इपिसोड निकै चर्चित भएको थियो । 
 
अमेरिकामा आत्महल्या गर्नेको संख्यामा एक्कासी वृद्धि भएको तथ्यांक सार्वजनिक भई समाचार आएको लगत्तै यो दुखद समाचार आएको हो । दुई दिन अघि चर्चित फेसन डिजाइनर तथा अरबौं सम्पत्ति कि मालिक केट स्पेडले आत्महत्या गरेकी थिइन । 
 
एन्थोनीले पाँच वर्ष अघि सीएनएनसंग आबद्ध भएका थिए । संसारभर उनका दर्शकहरू थिए । एन्थोनी पहिलो सेलिब्रटी सेफ भएका थिए  र किचेनबाट उनी टेलिभिजन प्रस्तोता र पुस्तक लेखकका रूपमा उदाएका थिए । उनले आफ्ना दर्शकलाई खाना, यात्रा र आफ्नो बारेमा फरक ढंगले सोच्न सिकाएका थिए । उनी रेष्टुरेण्टमा काम गर्ने वातावरण सुरक्षित वनाउनुपर्छ भन्ने दबाब मूलक अभियानमा पनि सरिक थिए । उनले कयौँ पुरष्कार समेत पाएका थिए ।  
 
न्यूयोर्कमा जन्मेका एन्थोनीले दुई पटक विवाह गरेका थिए । तर, दुवै विवाह सम्बन्ध विच्छेदमा गएर टुंगिएको थियो । उनका एक सन्तान छन् । द न्यूयोर्कर पत्रिकामा सन् १९९९ मा एन्थोनीको, डन्ट इँट विफोर रिगिडं दिस, भन्ने लेख प्रकाशित गरेको थियो ।   
 
उनले आफ्नो यात्रा संस्मरण तयार पार्दा स्थानीयहरूलाई सामान्य प्रश्न तपाईँलाई के ले खुशी बनाउँछ , कस्तो खाना खान मन पराउनुहुन्छ, कस्तो खाना पकाउनु हुन्छ ? यात्रा कसरी गर्न रुचाउनु हुन्छ सोध्ने गर्थे ।
 
अमेरिकामा अहिले आत्महत्या समस्याको रूपमा वृद्धि भएको छ । कसैलाई यसमा सहयोग चाहिएको छ भने निम्न स्थानमा सम्पर्क गर्न र गराउन सकिन्छ । तस्बिर: सामाजिक  संजाल 
 
How to get help: In the US, call the National Suicide Prevention Lifeline at 1-800-273-8255. The International Association for Suicide Prevention and Befrienders Worldwide also can provide contact information for crisis centers around the world.