मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिकाद्वारा युथ लिडरशीप छात्रवृत्तिका विजेता घोषणा

एनआरएनए अमेरिकाद्वारा युथ लिडरशीप छात्रवृत्तिका विजेता घोषणा


ड्यालस (अमेरिका) – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाद्वारा अमेरिकामा अध्ययनरत जेहेन्दार र नेतृत्व क्षमता भएका नेपाली विद्यार्थीहरूलाई स्थापना गरिएको 'युथ लिडरशिप अवार्ड २०१८' चार जना विजेता छनैाट गरिएको छ । 
 
बिजेता हुनेहरुमा नर्थ-र्इस्टबाट शिस्टता पौडेल, साउथ रिजनबाट पुजन दाहाल, मिड-वेस्टबाट अशिमबिक्रम अधिकारी र वेस्टबाट गणेश सापकोटा रहेका छन। 
 
शिस्टता पौडेल फेयरलिहाई डिकिन्सन विश्वविद्यालय (एफडीयू) न्यु-जर्सीमा इलेक्ट्रिकल ईन्जिनियरिङ् बिषयमा अध्यनरत जूनियर छात्रा हुन्। उनी अनर बिद्यार्थी हुनुका साथै 'THE FUTURE WORLD LEADER' अवार्डबाट पनि सम्मानित भैसकेकी छिन् । अन्तराष्ट्रिय विद्यार्थी संघको सचिब र बहु-सास्कृतिक काउन्सिलको उपाध्यक्ष हुदै गर्दा उनले नेपाल र नेपालीलाई चिनाउनुका साथै अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने धेरै सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेकी थिइन | 
 
हाल उनी स्टुडेन्ट गभरमेन्ट एसोसिएशन (एसजीए) को उपाध्यक्ष पनि छिन् । संस्थाले विश्वविद्यालय भित्रका ६० भन्दा बढी संस्थाहरुको कार्यक्रम र गतिबिधिहरु निरीक्षण गर्दछ ।
 
पुजन दहाल लुजियाना मोनरो विश्वविद्यालय (यूएलएम) विश्वविद्यालयमा कम्प्युटर र सूचना विज्ञानका सिनियर बिद्यार्थी हुन् । उनी नेपाली विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै नेपाली विद्यार्थी एसोसिएशन (एनएसए) साथै स्टुडेन्ट गभरमेन्ट एसोसिएशन (एसजीए) र अरु थुप्रै बिद्यार्थी संघ सँग सक्रिय रूपमा संलग्न छिन् । उनी हालै सम्पन्न निर्बाचनमा आगामी शैक्षिक वर्षको लागि 'क्याम्पस एक्टिभिटी बोर्ड'को कोषाध्यक्षका रूपमा निर्वाचित भएका छन् । नेपाल विद्यार्थीहरू माझ परिचित उनि  'विशिष्ट वारहक  पुरस्कार', 'चार्ल्स मैकडोनाल्ड क्याम्पस अधिवेशन पुरस्कार', र अन्य छात्रवृत्ति पुरस्कारहरु द्वारा सम्मानित पनि छन्।
 
गणेश सापकोटा हाल आइडाहो स्टेट यूनिवर्सिटी (आईएसयू) मा बिजनेस बिषयमा अध्यनरत छन। स्टुडेन्ट गभरमेन्ट एसोसिएशन ( एसजीए) को  सिनेटरको रूपमा नियुक्त गणेश, व्यक्तिगत र समुहित प्रयास  द्वारा विद्यार्थीहरुको सेवा गर्न प्रतिबद्ध छन। उनले नेपाल र आफु पढ्दै गरेको यूनिभर्सिटीको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघ को मुख्यालय न्यूयोर्कमा "विन्टर यूथ सम्मेलन" मा पनि सहभागी भएका थिए । 
 
मिनेसोटा स्टेट यूनिवर्सिटीका मेकानिकल ईन्जिनियरिङ् विद्यार्थी अशिमबिक्रम अधिकारी पनि अन्तर्राष्ट्रिय नेपाली विद्यार्थी एसोसिएशन, नेतृत्व संघ, अमेरिकन सोसायटी अफ मेकानिकल ईन्जिनियरहरू (एएसएमई) लगायतका संस्थाहरुमा संग्लग्न छन। उनी हालै मिनिसोटा स्टेट यूनिभर्सिटी अन्तर्गतको इन्टरनेसनल सेन्टर द्वारा प्रधान गरिने प्रतिष्ठित छात्रवृत्ति पुरस्कारद्वारा पनि सम्मानित छन।
 
नगद एक हजार डलर सहितको युथ लिडरशिप अवार्डको लागि अमेरिकाको चारवटै भौगोलिक क्षेत्रका ४८ बिस्वविध्यालयबाट ६२ जना सहभागी भएका थिए। छात्रवृत्ति समितिले जनवरी देखि आफ्नो काम सुरु गर्दै जुनको पहिलो साता नतिजा घोषणा गरेको हो । समितिमा सुमन कार्की,  कुशल पोखरेल, सुलभ पौडेल, किर्तना बाँस्कोटा, जुबिन राजभण्डारी, डा.प्रतिक केसी, डा.समिता लिम्बु र राजेन्द्र जोशी रहनुका साथै निर्णायक कमिटीमा  डा. निरज  बस्नेत, डा. सुमन सत्याल र डा. बिनोद पाण्डे थिए।
 
छनौट प्रक्रियाको क्रममा आएका सुझावहरु संकलन गरि कार्यसमितिमा पनि पठाइएको जानकारी एनआरएन अमेरिकाका युवा संयोजक तथा युथ लिडरशिप अवार्ड २०१८ का संयोजक स्वराज खातीले दिए। संयोजक खातीले अर्को बर्ष सामुदायिक कलेजमा अध्यनरत बिद्यार्थीहरुलाई पनि यसै कार्येक्रममा समाबेश गर्ने र युथ लिडरशिप अवार्डको आर्थिक स्थिरता र निरन्तरताको लागि राष्ट्रिय समन्वय परिषद सँग पहल गर्ने बताए।