मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पहिलो नेपाली कन्भेसनको शिकागोमा भब्य तयारी

पहिलो नेपाली कन्भेसनको शिकागोमा भब्य तयारी


शिकागो(अमेरिक)-  अमेरिकामा रहेका नेपालीहरुको तिन ठुला संस्थाको संयुक्त सम्मेलनको शिकागोमा भब्य तयारी भईरहेको छ । अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्थामध्येको एन्मा, नासा र एएनए मिलेर यस पटक संयुक्त रुपमा गर्न लागेको सम्मेलनलाई लेबर डे सप्ताहमा नेपाली कन्भेसन नाम दिएर भब्य रुपमा आयोजना गर्न लागिएको हो । बिगत लामो समयदेखी हरेक बर्ष लेबर डे सप्ताहको अवसर पारेर संयुक्त सम्मेलन गर्दै आएका एन्मा र नासाले यसै पटकदेखी अर्को पुरानो संस्था एएनएलाई पनि साथमा लिएर अगाडि बढेका छन् ।
 
 
सम्मेलनका संयोजक तथा एन्माका अध्यक्ष बाला घिमीरेका अनुसार शिकागोमा सम्मेलनका लागि होटल बुक भईसकेको छ भने अनलाईन रजिष्ट्रेशन पनि शुरु भईसकेको छ । पर्यटनदुत समेत रहेका संयोजक घिमीरेका अनुसार नेपाली समाजको एकताको लागि भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा नेपाल सरकारको उच्च स्तरको प्रतिनिधित्व रहने तयारी भईरहेको छ । 
 
सम्मेलनको अर्को ठुलो संस्था नासिका अध्यक्ष माधव ढकालका अनुसार सदैव भन्दा यसपटकको सम्मेलन अझै भब्य र सभ्य हुनेमा आफु बिश्वस्त रहेको बताउनुभयो । ढकालका अनुसार यसपटक अमेरिकाभरका धेरै नेपालीहरुको उपस्थिती हुने बिश्वास ब्यक्त गर्नुभयो । एएनएका अध्यक्ष मेदिनी अधिकारीका अनुसार आफुहरुको उदेश्य भनेको सम्मेलनमा भेला भएर भेटघाट र रमाईलो मात्र भन्दा पनि  नेपाल र नेपालीका हितका लागि आयोजना हुने बताउनुभयो । 
 
सम्मेलन आयोजनका लागि तिन ठुला संस्था मुख्य आयोजक भए पनि नासिया, एन्मा क्षेत्रका साथै शिकागोमा रहेका स्थानिय संस्थाहरुको सकृयता सहभागीता रहेको छ । सम्मेलनका लागि बिभिन्न उपसमितीहरु बनाएर जिम्मेवारी दिइएको मिडिया संयोजक दिवाकार दाहालले बताए ।
 
दाहालका अनुसार सम्मेलनको रजिष्ट्रशेनका लागि नेपाली नेसनल कन्भेसन डट अर्ग मार्फत गर्न सकिनेछ । सम्मेलन आफ्नो क्षेत्रमा हुन लागेकोमा शिकागो ल्याण्ड नेपाली फ्रेण्डसीप सोसाईटिका अध्यक्ष टेकराज पौडेलले खुशी ब्यक्त गरेका छन् । पौडेलका अनुसार शिकागोमा सम्मेलनमा सहभागी अमेरिकाभरका पाहुनाहरुलाई स्वागत गर्न आफुहरु आतुर रहेको बताएका छन् ।