मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्सस लुईजभिल लेकमा पौडी खेल्दा नेपाली विद्यार्थी बिवेक दाहालको निधन

टेक्सस लुईजभिल लेकमा पौडी खेल्दा नेपाली विद्यार्थी बिवेक दाहालको निधन


हिमालयखवर संवाददाता

अमेरिका- टेक्सस ड्यालस स्थित लुईजभिल लेकमा रमाइलो गर्ने क्रममा पौडी खेल्दै गर्दा सोमवार साँझ नेपाली विद्यार्थी बिवेक दाहालको निधन भएको छ ।  उनको उमेर करिब २२ वर्ष रहेको बताइएको छ । यो घटना ड्यालस नजिकै रहेको लुईजभिल लेकमा सोमवार साँझ करिब साढे नौ बजेतिर भएको थियो । 
 
उक्त लेकमा करिब १२, १३ जना साथी भाई मिलेर बारबक्यू गर्दै पौडी खेल्ने गरिरहेका थिए । त्यही क्रममा पौडी खेलिरहेका विवेकलाई साँझ साढे ९ बजे तिर कतै नदेखेपछि साथीहरूले यताउता खोजेका थिए । नपाएपछि इर्मजेन्सी सेवाको नम्बर ९११ मा फोन गरेर प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले बिहान बिवेकको मृत शरीर बाहिर निकालेको प्रत्यक्षदर्शीले हिमालयखवरलाई जानकारी दिए।
 
टेक्ससमा अहिले प्रचण्ड गर्मी छ । साँझ अबेर करिब ९ बजे तिर मात्र रात पर्ने गर्छ । त्यसैले साँझ अवेरसम्म उनीहरू लेकमा बसिरहेको हुनुर्छ । 
 
अहिले स्वर्गिय बिवेकको  पार्थिव शरीर लुईसभित्र मेडिकल सेन्टरमा राखिएको छ । स्वर्गीय बिवेक विद्यार्थी भिषामा अमेरिका आई अर्भिगंमा बस्दै आएका थिए। अहिले माउन्टेन भ्यू   कलेजमा पढ्दै गरेका उनी युनिर्भसिटी जाने तयारीमा रहेका थिए । यहाँ उनका निकट नातेदारसमेत नभएको बताइएको छ ।
 
यो घटना लगत्तै नेपाली समुदायको सामाजिक संस्था नेपाली समाज टेक्सस (एनएसटी ) नेपालमा रहेका मृतक बिवेकका परिवारलाई सम्पर्क गरेका थिए । हामीले नेपालमा रहनुभएका बिवेकका परिवारसँग आज बिहान सम्पर्क गर्‍यौँ एनएसटीका अध्यक्ष सुमन थापाले भन,े दुखद घटना हुन गयो परिवारका सदस्यले जे भन्नुहुन्छ हामी सहयोग गर्न तयार छौँ भनेका छौँ ।  
 
बिवेकको पार्थिव शरीर नेपाल पठाउने कि यहीँ अन्तिम संस्कार गर्ने यो निर्णय भएको छैन । परिवारले यसबारेमा जे निर्णय गर्नुहुन्छ हामी त्यही अनुसार सहयोग गर्छौ, थापाले भने । 
 
बिवेक जेहेन्दार र भद्र व्यक्ति रहेको उनलाई जान्नेहरूले बताएका छन् । एनएसटीले आफ्नो फेसबुकमा नेपालमा समाजमा फेरी अर्को दुखद घटना भएको जनाउँदै यो दुर्घटनाको बारेमा जानकारी दिएको छ । 
 
एनएसटीको फेसबुकमा अध्यक्ष सुमन थापाले आज अर्विगं टेक्ससमा एक जना नेपाली विद्यार्थीको अल्पआयुमा मृत्यु भएको खबरले एनएसटी दुखिछ ।यो दुखद घडीमा समाजका सबै सदस्य एकजुट भई पीडितलाई सक्दो सहयोग गरिदिनुहुन एनएसटी विनम्र अनुरोध गर्दछ भन्ने लेखेका छन् ।