हिमालयखवर संवाददाता
अमेरिका –
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उन विच सिंगापुरमा हुन लागेको एतिहासिक वार्ताको सुरक्षा जिम्मेवारी सिंगापुरको सुरक्षा व्यवस्था नेपाली गोरखा पल्टनले गर्ने भएका छन् ।
स्थानिय संचारमाध्यमका अनुसार दुवै नेता आफ्नो सुरक्षा टिम लिएर सिंगापुर पुग्ने भएपनि सुरक्षाको प्रमुख घेरामा भने गोरखा जवान हुने छन् । विगतमा पनि सिंगापुरमा हुने यस्ता महत्वपुर्ण भ्रमण र कार्यक्रमको सुरक्षा गोरखा जवानले गर्दै आएका छन् ।
केही बर्ष अघि सिंगापुरमा आयोजित विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको बार्षिक बैठकमा समेत गोरखा जवानले ले सुरक्षा दिएका थिए । नेपाली संलग्न गोरखा अनुशासित र वहादुरीका लागि संसारभर प्रसिद्ध छन् । यसैलाई कदर गर्दै सिंगापुरले नेपालीलाई अनएराइभल भिसा दिने गरेको छ ।
दुई नेता विच सिगापुरको सांग्रिला होटलमा आउने जुन १२ को विहान ९ बजे प्रत्यक्ष वार्ता हुने कार्यक्रम छ । संसारभर यो वार्तालाई महत्वका साथ हेरिएको छ ।
सिंगापुरको आफ्नै सेना छैन । तर, सिंगापुर पुलिसको ६ प्यारामेलेटरी कम्पनीमा करिव २ हजार गोरखा जवान कार्यरत छन् । नेपाली गोरखा हाल सिंगापुर लगायत भारत, बेलायत र ब्रनाईको सेनामा कार्यरत छन् । बेलायत र अर्जेन्टिना विच फोकल्याण्ड टापुमा भएको युद्धमा गोरखा सैनिकले ठुलो बहादुरी देखाएका थिए ।
सिंगापुरमा कार्यरत गोरखा जवान आधुनिक हातहतियारले सुसज्जित छन् ।
प्रतिक्रिया