मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

विज्ञ सम्मेलन र एनआरएन अमेरिकाको साधारण सभामा पर्यटन मन्त्री रविन्द्र अधिकारी सहभागी हुने

विज्ञ सम्मेलन र एनआरएन अमेरिकाको साधारण सभामा पर्यटन मन्त्री रविन्द्र अधिकारी सहभागी हुने


हिमालयखवर संवाददाता
सनफ्रान्सिस्को (अमेरिका) – गैर आवासीय नेपाली संघ र एनआरएन अमेरिका राष्ट्रिय समन्वय परिषदको संयुक्त पहलमा जुन १६ र १७ मा विदेशमा बसेर आफ्नो क्षेत्रमा दक्षता हासिल गर्नु भएका बौद्धिक व्यक्तित्वको सहभागितामा विज्ञ सम्मेलन त्यसपछि हुने एनआरएन अमेरिकाको साधारण सभामा पर्यटनमन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन् ।
 
कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्ट, आईसीसीका पदाधिकारी लगायत विभिन्न देशबाट एनआरएनएका पदाधिकारी सहभागिता हुने आयोजकहरूले जानकारी दिएका छन् ।  विदेशमा बस्ने नेपाली बौद्धिक समुदाय, सरकारका वरिष्ठ अधिकारी र एनआरएनएका पदाधिकारी सम्मिलित हुने यो आफैँमा महत्त्वपूर्ण अवसर भएको आयोजकको दाबी छ । सम्मेलनमा पूर्व परराष्ट्रअर्थ मन्त्री डा प्रकाशचन्द्र लोहनी लगायत नेपाली काँग्रेसका नेताहरूको पनि सहभागिता हुने भएको छ । 
 
क्षेत्रीय संयोजक गौरी जोशी, एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल, आईसीसी सदस्य तथा सम्मेलन संयोजक डिल्ली भट्टराई, साधारण सभा संयोजक तथा एनआरएन अमेरिकाका उपाध्यक्ष उमा कार्कीले संयुक्त वक्तव्य जारी गर्दै उक्त दुवै कार्यक्रममा सहभागी हुन नेपाली समुदायलाई आग्रह गरेका छन् । 
 
सम्मेलनमा अमेरिका, क्यानडा, लगायत विश्वका विभिन्न देशमा बस्ने एनआरएनहरूको सहभागिता हुने जानकारी दिइएको छ ।
 
नेपालको विकास र समृद्धिमा विदेशमा कार्यरत नेपाली बौद्धिक समुदाय कसरी संलग्न हुन सक्छ भन्ने विषयमा सम्मेलनको पहिलो दिन छलफल हुने छ विज्ञप्तिमा उल्लेख छ । यस पछि एनआरएन अमेरिकाको साधारण सभा हुने छ । कयौँ क्षेत्रका विज्ञहरूले यस सम्मेलनमा सहभागिता हुने सहमति जनाएको विज्ञप्तिमा जनाइएको छ । 
 
नेपालमा गर्न सकिने र तत्कालका आवश्यकता देखिएका स्वास्थ्य, पूर्वाधार,  विकास, जस्ता क्षेत्रका विज्ञहरूले आफ्ना धारणा राख्ने कार्यक्रम छ । नेपाल संघिय संरचनामा प्रवेश गरिरहेको अहिलेको अवस्थामा यो सम्मेलनमा आउने विचारहरू उपयोगी हुने छन् भन्ने हाम्रो विश्वास छ विज्ञप्तिमा भनिएको छ । 
 
विज्ञप्तिमा भनिएको एनआरएन अमेरिकाको साधारण सभा नियमित प्रकृया लगायत भावी रणनीतिको योजना बनाउन महत्त्वपूर्ण अवसर हुने हामीले ठानेका छौँ । आईसीसी र एनसीसीको संयुक्त रूपमा हुन लागेको यो कार्यक्रम आफुंमा महत्त्वपूर्ण छ ।  यसैले यस भेलामा सहभागिताका लागि हामी यहाँहरू सबै नेपाली समुदायलाई आग्रह गर्छौैं ।
 
यस भेला एनआरएन समुदाय बिच आपसी सञ्जाल विस्तार गर्ने मौका पनि हो विज्ञप्तिमा यसैले पनि हामी यहाँहरू सबै एनआरएन साथीहरूलाई सम्मेलनमा सहभागिताका लागि आग्रह पनि गर्छौ भनिएको छ ।
 
यो सम्मेलन क्यालिफोर्निया सनफ्रान्सिस्को स्थित होटल डलव ट्रिमा हुने छ ।