मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ब्लड डोनर्स अमेरिकामा नयाँ नेतृत्व ( भिडियो सहित)

ब्लड डोनर्स अमेरिकामा नयाँ नेतृत्व ( भिडियो सहित)


ड्यालस (अमेरिका) – अमेरिकामा रहेका नेपाली रक्तदाताहरुको संस्था ब्लड डोनर्स अफ अमेरिका (बिडिए) मा नयाँ नेतृत्व चयन भएको छ । 
 
गत साता अमेरिकी राज्य जर्जियाको एटलान्टा शहरमा भएको बिडिएको दोस्रो सम्मेलनले डा. लीला दाहालको अध्यक्षतामा नयाँ पदाधिकारी चयन भएका छन् । आइतबार ड्यालसमा आयोजित पत्रकार सम्मेलनमा बिडिएका निवर्तमान अध्यक्ष डा. नन्द रेग्मीले नयाँ नेतृत्वले अब झनै गतिशिलताका साथ काम गर्ने विश्वास व्यक्त गरे ।
 
विगत दुई वर्षको कार्यकालमा भएका कामहरुको बारेमा चर्चा गर्दै रेग्मीले अमेरिकामा नेपाल र नेपालीलाई चिनाउन बिडिएले उल्लेख्य रुपमा काम गरेको बताए । नेपालीहरुले पनि अमेरिकामा निकै रचनात्मक काम गरेर मानिसको जीवन बचाउनेतिर अग्रसर भएका छन् भनेर बिडिएले परिचय दिलाएको रेग्मीको भनाई थियो ।
 
दोस्रो सम्मेलनबाट डा. दाहालको नेतृत्वमा १३ सदस्यीय नयाँ पदाधिकारी चयन भएका छन् । बिडिएको कार्यकारी उपाध्यक्षमा रेशम घर्ती चयन भएका छन् । त्यस्तै अर्का उपाध्यक्षमा संजीव श्रेष्ठ, महासचिवमा सतीशचन्द्र गुप्ता, सचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा राम डंगोल र सहकोषाध्यक्षमा कपिल अधिकारी चयन भएका छन् ।
 
त्यस्तै सदस्यहरुमा शिव काफ्ले, इरा आचार्य, टीका पौडेल, नारायणबहादुर खड्का, बालानन्द भण्डारी र महेश्वर पन्त चयन भएका छन् ।
 
कार्यक्रममा नवनिर्वाचित कार्यसमिति सदस्य तथा बिडिए टेक्सस च्याप्टरका अध्यक्ष शिव काफ्लेले सबैभन्दा बढी रक्तदान गरेर रक्तदाताहरुबीच विशिष्ट पहिचान बनाउन सफल जोन सेफर्डको सहभागिताले दोस्रो सम्मेलन निकै भव्य र आकर्षक भएको जानकारी दिए ।