मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडो सप्ताहको खर्च आम्दानीको प्रतिवेदन तयारपार्न लेखापरिक्षण समिती गठन

कोलोराडो सप्ताहको खर्च आम्दानीको प्रतिवेदन तयारपार्न लेखापरिक्षण समिती गठन


कोलोराडो (अमेरीका)- हालै सम्पन्न कोलोराडो सप्ताहको खर्च आम्दानीको बिस्तृत प्रतिवेदन तयारपार्न ३ सदस्सिय लेखापरिक्षण समिती गठन गरिएको छ ।
 
आर्थिक समितीका संयोजक डा.संगिता श्रोत्रीयाको आग्रहमा सप्ताह कार्यक्रमको संयोजक संस्था नेपाली घरको कार्यसमितीको बैठकले लेखापरिक्षण समिती गठन गरेको हो ।
 
यसरी गठन गरिएको समितीमा सोम आर्याल, प्रकास सिटौला र ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोको प्रतिनिधी रहने नेपाली घरका अध्यक्ष लछुमन रानाले बताएका छन् ।
 
आर्थिक समितीले यस अगाडीनै सप्ताहको अवधिमा भएको खर्च तथा नगद आम्दानीको मोटा मोटी हरहिसाव सार्वजानिक गरिसकेको छ । जस अनुसार नगद रकम १ लाख २० हजार ९ सय ४ डलर १५ सेन्ट आम्दानी भएकोमा ४४ हजार १४ डलर ८ सेन्ट खर्च भई संस्थ्ँँको खातामा ७६ हजार ८ सय ९० डलर ७ सेन्ट रहेको कोषध्यक्ष जगदिश ढकालले बताएका छन् ।
 
नेपालीहरुको आस्थाको केन्द्र नेपाली सामुदायिक भवन “नेपाली घर” निर्माणगर्न दाताहरुले दानगर्न प्रतिबद्धता गरेको रकम र खर्च, आम्दानीको बिस्तृत प्रतिवेदन तयार पार्न लेखा परिक्षण समिती गठन गरिएको कोषाध्यक्ष ढकालले प्रष्ट्याएका छन् ।
 
कोलोराडोमा कृयाशिल सामुदायिक संघ संस्थाहरुको आयोजनामा गत अप्रिल २८ देखि मे ५ तारिक सम्म आयोजित सप्ताहमा दाताहरुले नगद र दानगर्न प्रतिबद्धता जनाएको रकम गरि जम्मा ५ लाख ८१ हजार १ सय ७१ डलर ६० सेन्ट संकलन भएको सार्वजानिक भईसकेको छ । 
 
अब यसको बिस्तृत प्रतिवेदन तयार भएपछि सवै संघ संस्था, गन्यमान्य, अध्यक्ष मण्डल, दाता, बुद्धीजिवी, समाजसेवी, सर्वसाधारण तथा पत्रकारहरुको उपस्थितीमा टाउनहल मिटीङमा प्रतिवेदन सार्वजानिक गरिने आर्थिक समितीका संयोजक डा.संगिता श्रोत्रीयाले बताएकी छन् ।